विशाल भवनको चारैतिर कडा सुरक्षा व्यवस्था थियो । बाहिर प्रवेशद्वारमा विद्युतीय परिचयपत्र पहिचान यन्त्र थियो । त्यो पहिचान यन्त्रमा आफूले पाएको आफ्नो परिचयपत्र घुसारेर मिसिनमा दुवैहातको पञ्जा फिँजारेपछि परिचयपत्र मिसिनले प्रवेशका लागि अनुमति दिन्थ्यो । त्यसैले सही परिचयपत्र बेगर कोही त्यहाँ पस्ने आँट नगरे हुनथ्यो । यदि कुनै गलत मान्छेले भित्र पस्ने दुस्साहस ग¥यो भने हातमा हरबखत आगो ओकल्न तयार हतियारहरू बोेकका सुरक्षाकर्मीहरूको हातबाट उम्कन सम्भव नै थिएन । विज्ञान गहु्रँगो पाइला चाल्दै त्यहाँ पुग्यो ।
विज्ञान केही समय अघि मात्रै विशेष अनुसन्धान परियोजनका लागि यो प्रयोशालामा अनुबन्धित भएको थियो । त्यो विशेष अनुसन्धान परियोजना के हो भन्ने चाहिँ पछिसम्म पनि थाहा थिएन उसलाई । सहयोगीका रूपमा उसहित पाँचजना प्रतिभावान् वैज्ञानिक अनुबन्धित थिए । उनीहरूले दुईजना प्रमुख वैज्ञानिकको निर्देशनमा यो प्रयोग गर्नुपर्ने थियो । पसुराना निर्देशक वैज्ञानिक संसारमैं नाम चलेका नोवेल पुरस्कार विजयी वैज्ञानिक थिए ! उनीहरूलाई काम थाल्दासम्म पनि त्यो विशेष परियोजना के हो भन्ने जानकारी नभए पनि यति ठूला वैज्ञानिकहरूसँग काम गर्न पाउनु सानो कुरा हो र ? कति नयाँ वैज्ञानिकहरू यिनीहरूसँग एक पटक भेट गर्न पाउनु त ठूलो कुुरा ठान्थे भने सँगै काम गर्न पाउनु ! यही लोभले गर्दा ऊ यो परियोजनामा सभागी बनेको थियो ।
“ मृत्युदण्डको सजाय पाएका ज्यानमारा अपराधीले भरिएको जेलम पनि हुँदैनहोला यस्तो कडा सुरक्षाव्यवस्था !” वितृष्णले अनुहार बिगा¥यो उसले । सुरु सुरुमा लाग्थ्यो, किन चाहिएको होला यस्तोे सुरक्षाव्यवस्था विज्ञान अनुसन्धाशालामा ?
साह्रै गहु्रँगो पाइलासार्दै प्रवेशद्वारको परिचय पहिचान कक्षतिर लाग्यो विज्ञान । सुरु सुरुमा अति उत्साहसाथ आउनेजाने गरेको यो प्रगोगशालामा केहीदिन जेलखानाजस्तै लाग्न थालेको छ उसलाई । यसअघि अनुसन्धानको नाउँमा यस्तो काम हुनसक्छ भन्ने उसले कल्पना पनि गर्न सक्दैनथ्यो । परिचयपत्र परीक्षक यन्त्रबाट अनुमति पाएपछि हतियारधारी सै्रनिकले भित्र जाने ढोका खोलिदियो । त्यतिमैं कहाँ सकिन्थ्यो र सुरक्षाजाँच ? हेर्दै चितुवाका जस्ता आँखाले भित्रैसम्म एक्सेले चिरेजस्तै आँखा गाडिरहेका चिसा व्यवहारका सुरक्षाकर्मीहरू उसका शरीरको भित्रीहअङ्गसम्म खोतल्न तयार भएर बसेका थिए, चिलले साना चल्ला छापेजस्तथै ! उनीहरूको त्यो शरीर छामछाम छुमछुम पछि दोस्रो तहको जाँच सकिन्थ्यो र उसले भित्री प्रमुख अनुसन्धनकक्षमा प्रवेश पाउँथ्यो । त्यही गोप्य कक्षको प्रयोगशाला थियो उनीहरूको यो विशेष परियोजना अनुसन्धानकक्ष ! विश्वशक्ति मानिने राष्ट्रका प्रथम नागरिककै विशेष पहलमा चलेको यो थियो यो परियोजना । त्यसैले राष्ट्रिय प्राथमिकताको अनुसन्धान परियोजन थियो यो । पछि खण्ड खण्डमा बुझेको थियो उसले यी कुरा पनि ।
अस्ति सुरक्षा व्यवस्था अघिपछिभन्दा पनि विशेषखालको थियो । विज्ञानले गाइा गुइँ सुन्यो, आज परियोजनाको प्रगतिबारे जान्न स्वयम राष्ट्रवपति महोदयकोेृ आगमन हुँदैछ रे ! उनीहरूलाई त्यसबारे कुनै जानकारी गराइएको थिएन । सुरक्षकर्मीहरूको खुसुरपुसुर सुनेर थाहापाएको थियो विज्ञानले विहान प्रयोगशालामा सुरक्षाजाँच गरिरहँदा । त्यो सुनेर विज्ञानको जिज्ञासा बढेको थियो ।
का अनुसन्धानकेन्द्र कुनै एउटा ठूलो देशको राजकीय प्रगोगशालामा, त्यहाँको दृश्य । त्यहँ छिमेकी सानो देशमा आतङ्क मच्चाउन जैविक आक्रमणको योजना गरिँदै ।
गुप्त रूपमा थालिएको उनीहरूको योजनामा खतरनाक खालको जीवाणु विकास गरेर स–साना बेलुनजस्ता भाँडामा भरी छिमेकी प्रमुख नगरकेन्द्रमा छाडिदिने, हैजाभन्दा खतरनाक ती जीवाणु मानिसको सम्पर्कमा आउनसाथ शरीरभित्र प्रवेश गरी केही दिनमैं एकबाट लाखौंको सङ्ख्यामा प्रजनन गर्ने । ती जीवाणु प्रजनन हुनासाथ मानिसको रक्तनलीमा पसेर मानिसको सम्पूर्ण रगत चुसेर बिस्तारै मुटुमा प्रवेश गरी मानिसलाई समाप्त पार्ने ।
तिनै वैैज्ञानिकको टोलीमा एकजनालाई सरकारको त्यो योजना मन परेको थिएन, मानवताको संहारमा विज्ञानको उपयोगका विरोधी थिए उनी । उसको सोचाइमा विज्ञान र यसको खोज अनुसन्धान आविष्कार मानिसको भलाइका लागि हुनुपर्छ, विनाशकालागि होइन । तर यो कुरा भन्ने कसलाई ? उसलाई थाहा छ, उसको ससरकार संसारकै सबैभन्दा प्रजातन्त्रको मसिहा भनाएर नथाके पनि विस्तारवादी नीीतको कार्यान्वयनमा कुनै लोकतान्त्रिक मूल्य, मान्यता र मानवीय आदर्श हेर्दैनथ्यो । त्यसैले ऊ सबैलाई यो आष्किारका योजना मानवताको पक्षमा छैन भनेर भन्दै हिँड्न पनि सक्दैनथ्यो, योजनाको विरोध गरेको कुरा थमहा पायो भने सरकार गुप्तचरले उसलाई छा्डैनथे, परिवारसमेत तिनको मारमा पर्नसक्थे । घरमा अगिल्लो वर्ष मात्रै बिहे गरेकी स्वास्नी र भर्खरै जन्मेको सानो छोरोका विचलली कल्पना गर्दा पनि उसका सबै आँट पानीका फोका सरी बिलाउँथे ।
– प्रयोगमा साथ दिए पनि उसको मन खुसी थिएन । तर पनि त्यो प्रयोगको एउटा प्रमुख हिस्सेदार थियो ऊ । त्यो मानवसंहार बचाउने र आफूलाई पनि कुनै आँच नआउने मध्यमार्गी बाटोको खोजीम थियो ऊ ।
– “होइन, के भएको छ तपाइँलाई हिजोआज ? न मन लाएर खानुहुन्छ, न हँसिलो मुखले बोलचाल नै गर्नुहुन्छ ? सन्चो भएन कि....” श्रीमती उनको त्यो अवस्था देखेर बारम्बार सोघ्दिथिन् । ......
No comments:
Post a Comment