Friday, April 26, 2013

आफ्ना बारेमा लेखिएका समालोचना र चर्चा टिप्प्णीहरू


आफ्ना बारेमा लेखिएका समालोचना र चर्चा टिप्प्णीहरू

ड्ड नेपाली साहित्यको इतिहास,डा.तारानाथ शर्मा,पृष्ठ २०३ (उपन्यासको उल्लेख),२०३९ ।
ड्ड नेपाली साहित्यको इतिहास,दयाराम श्रेष्ठ,मोहनराज शर्मा,पृष्ठ–७६,१००,१२४,१७६,संस्करण २०४० ।
ड्ड समसामयिक साझा कथा २०४१,पृष्ठ ५,साझा प्रकाशन ।
ड्ड पञ्चायत रजतजयन्ती विशेषांक,पनिजाबुस,२०४२ ।
ड्ड नेपाली कथा साहित्यमा चौथो दशकतिर कतिपय राम्रा कथाकारहरू झुल्किएका छन् । ती बीच राजव,विजय चालिसे, विजय बजिमय,किशोर कुँवर,किशोर पहाडी,इस्माली,गोविन्द गिरी प्रेरणा ....जस्ता विविध छन् ।
–रमेश गोर्खली,आकार,वर्ष ७ पूर्णङ्क २४,२०४१ पुस,पृष्ठ ४ ।
ड्ड यसर्थ राजवका समवर्तिहरूमा विजय चालिसे,इस्माली,किशोर कुँवर, पहाडी,गोवन्द      गिरी, बासु बराल,पूर्ण विराम,अशेष मल्ल,ध्रुव मधिकर्मी,सनत रेग्मी र दिनेश सत्यालहरू राम्रा देखिन्छन् ।
–रमेश गोर्खाली,आकार, ऐ...ऐ....पृष्ठ ७ ।
ड्ड ग्रमीण र नगर (परम्परागत एवं अधुनातन) सथ्यउका सशक्त प्रतीक र यसको बिंडो थामेका महारथि मान्न सकिने रमेश विकलका औरस विजय चालिसेको के विडम्बना छ भने राम्रो लेख्ता यी अभिभावकीय संरक्षणसित संलग्न मानिन्छन् र फितला ह’ँदा भने छिट्टै दोषारोपित हुन्छन् ।
–रमेश गोर्खाली,आकार, ऐ...ऐ....पृष्ठ ७ ।
ड्ड विभिन्न पत्रपत्रिकामा रोचक यात्रा संस्मरण प्रकाशित गर्नेहरूमा वानिरा गिरी,विजय चालिसे,जगदीश घिमिरे विशेष उल्लेखनीय हुनुहुन्छ ।
–गङ्गाप्रसाद उप्रेती,स्मृतिका छालमा इटाली,२०४४ फागुन ।
ड्ड विजय चालिसेका कथाले विशेष व्यापक परिवेष समेट्न खोजेका देखिन्छन् । बस्तुतःः उसका कथाहरूमा पनि मानवजीवनका उही करुण र संघर्षमय पक्षलाई नै सामाजिक पृष्ठभूमिमा रेखाङ्कन गर्ने प्रयत्न भएको छ,तर पनि यनिमा सामान्य दैनन्दिन पीडा,व्यथा र ‘ंघर्ष भन्दा अलि विशेष वरपर च्याउने जमर्को देखिनछ ।
–रमेश विकल,त्रिविध,भूमिका,२०४४ माघ २ ।
ड्ड चालिसेका कथाहरूमा सङ्घर्षस्थल अर्थात परिवेशलाई बढी महत्व दिएका हुँदा कथाकारका रुपमा उनको प्रमुख विशेषता पनि परिवेश अर्थात भौतिक यथाथएका प्रकटीकरण देखिन्छ ।
–मोहनराज शर्मा, त्रिविध,भूमिका,२०४४ पुस २५ ।
ड्ड विजयका कथाले जनस्तरलाई छुँदै मानवीय समस्याको मार्मिक पक्ष र विश्वशान्तिको चाहनालाई समेत व्यक्त गरेका छन् ।...विजयको कलम परिवेशलाई शसक्त र जीवन्त पार्ने दिशामा विजयी हुन खोजेका छन् ।
–कृष्णप्रसाद पराजुली, त्रिविध,भूमिका,२०४४ ।
ड्ड समग्रतः र मूलतः विजय चालिसेको कथा संसारमा मानवीय संवेदनाको तीब्रतम अभिव्यक्ति भएको पाइन्छ । समसामयिक मानवीय समस्याको सेरोफेरोमा विजयका कथाहरू सीमित छन् तर ती कथाहरूमा कथात्मकताको अभाव छैन ।
–डा.रामदयाल राकेश,“त्रिविध”का तीन कथाकार,जन्मभूमि साप्ताहिक, २०४४चैत १४ ।
ड्ड २०३० साल पछिका वर्षमा कथा क्षेत्रमा देखिने चालिसे समाज मनोविज्ञानका मूल्यहरूलाई जीवनसँग समन्वित गरेर उतार्ने कथाकार हुन् । नेपाली र नेपाली इतर समाजका सांस्कृतिक र सामाजिक मूल्यहरूमा चालिसेका कथाबाट आवश्यकताभन्दा बढ्ता कथात्मक कला प्रस्तुत गर्न सफल भएका छन् । चिन्तन र विश्लेषणका दृष्टिले प्रगतिमूलक मूल्य प्रस्तुत गर्ने चालिसे पनि नेपाली कथा जगत्मा एक सचेत र प्रखर प्रतिभाका रुपमा उपस्थित भै सकेका छन् भन्ने तथ्य उनका कथाले प्रमाणित गर्छन् ।  
–राजेन्द्र सुबेदी,रचना द्वैमासिक,वर्ष २४ अङ्क ५ बैशाख–जेठ२०४५ ।
ड्ड चालिसेका कथाहरूले नेपालको आञ्चलिक र लोकस्तरका विकृतिलाई हाम्रो वर्तमानको सामाजिक कुसंस्कारका विकृतिलाई हाम्रो वर्तमानको रोगमा रुपमा स्वीकारिएको छ । हाम्रो वर्तमान विनाशको भड्खारोतिर पुगिसकेको कुरा चालिसेका कथाले उपस्थित गराएका छन् ।
–राजेन्द्र सुबेदी,रचना,ऐ...ऐ...।
ड्ड चलिसे सांस्कृतिक र प्रान्तीय सामाजिक संस्कारलाई कलात्मक रुपमा प्रदान गर्छन् । ...चालिसेमा मनोवैज्ञानिक उथलपुथलको मात्रा बढी छ । ....चालिसेले परिवेशलाई र समसामयिक यथार्थलाई सजीव रुपमा उतार्न कथातत्व खर्चेका छन् ।
–राजेन्द्र सुबेदी,रचना,ऐ...ऐ...।
ड्ड भषा,शैली,प्रस्तुतीकरण र विषयबस्तु चयनलाई दृष्टिगत गर्दा विजय चालिसे एक सफल निबन्धकारका रुपमा चिनिनुभएको छ ।...बेलायत बारे लेखिएका नियात्राका अन्य पुस्तकभन्दा यसलाई कलातमक प्रस्तुती,भावुकता र रोचक शैलीले सिंगारिएको छ ।
–विवेकानन्द(किशोर कुँवर),साँग्रिला त्रैमासिक,पूर्णङ्क २१,चैत–बैशाख–जेठ २०४५÷२०४६ ।
ड्ड बेलायती यात्रानुभवलाई आधार बनाइ लेखिएको यो कृति ताना शर्माको बेलायततिर बरालिंदाको दौतरी मात्र होइन कतिपय प्रसङ्गमा त्यसलाई पनि उछिनेको अनुभव गहिरिएर पढ्दा हुन्छ ।
–रघु घिमिरे,रचना द्वैमासिक,वर्ष २५ अङ्क ४ बैशाख–जेठ २०४६ ।
ड्ड नेपालको घनिष्ठ र पहिले दौत्य सम्बन्ध भएको देश बेलायतमा नेपालको अस्तित्व कतै नउाउँदा र पाएकै ठाउँमा पनि भारतसँग गाँसिएकोमा लेखकले धेरै निबन्धमा चित्त दःुखाएका छन् ।....बदलिंदो परिस्थिति र बेग्लाबेग्लै ल्ेखकका भोगाइहरूलाई यसले आफ्नै किसिमले पाठकसमक्ष पु¥याउने छ ।  
–आचार्य(आनन्दराम),गोरखापत्र,शनिवासरीय,जेठ २१,२०४६ ।
ड्ड बेलायत घुमेर नेपाल हेर्ने विजय चालिसे राष्ट्रवादको रुद्रघण्टी घाँटीमा टाँसेर मात्र चट्पटाउँछन् ।....भाषा,शैली,प्रस्तुती र अझ साँचै भनौं भने परिष्कृतिले पनि ‘अप्रिलको बेलायत’ आकर्षक छ ।विजय चालिसेका अन्य कृतिका तुलनामा यो निकै अघि छ र सम्पन्न छ । सरलतासँग स्वभाविकता भएको यो यात्रा विवरण बेलायतका कैयौं ऐतिहासिक,साहित्यिक र सांस्कृतिक कुराको प्रमाणका लागि बनेको छ ।...विजय चालिसे एक सफल नियात्राकार भएका छन् ।
–अच्युत रमण अधिकारी,मधुपर्क,वर्ष २२ अङ्क ३,पूर्णङ्क २४२,साउन २०४६ ।
ड्ड पाठकले अप्रिलको बेलायत पढ्दा आफ्नो देश नेपाल र कुनै समयको विश्वविजेता बेलायतको संस्कृति,रहनसहन,चालचलन र व्यवहारिक जीवनका विविध पक्षहरूको विषमता र समताको एकैसाथ सरस र सरल किसिमबाट जानकारी पाउँदछ ।
–सञ्जय,गरिमा मासिक,वर्ष ७ अङ्क ७,पूर्णाङ्क ७,असार २०४६ ।
ड्ड यस चरण (दोश्रो चरण ः नवीन संरचनाका कथा) मा उल्लेखनीय कथा लेख्ने मध्ये महत्वपूर्ण केही कथाकारहरूले निम्नलिखित समयदेखि कथा लेख्न थालेको पाइन्छ ः ......विजय चालिसे २०३०......।
–मोहनराज शर्मा,नेपाली कथाको विकास,मधुपर्क,कथा अङ्क मंसिर २०५० ।
ड्ड आज बेलायतका बारेमा लेखिएका अन्य केही नेपाली यात्राका कृतिले पनि बेलायतप्रतिको हाम्रा यात्राकारहरूको चाखलाई प्रष्ट्याएकै छन् । हिउँदमा बेलायत,बेलायततिर बरालिँदा,अप्रिलको बेलायत आदिजस्ता कृतिलाई यसको उदाहरणको रुपमा प्रस्तुत गर्न सकिन्छ ।...यात्रासाहित्यका उल्लेख्य नाउँहरू.....विजय चालिसे....अदिका नाम लिनसकिन्छ ।...मञ्जुल,निर्मोही व्यास,विजय चालिसे,वानिरा गिरी,घनश्याम राजकर्णिकार र सुधा त्रिपाठी पछिल्ला समयका यात्राकार हुन् ।...विजय चालिसेको अप्रिलको बेलायत ...नेपाली यात्रा साहित्यका उल्लेख्य कृतिहरू हुन् ।
–कृष्ण प्रधान,नोली यात्रासाहित्यको विकासक्रम,मधुपर्क,निबन्ध अङ्क भदौ २०५१ ।
ड्ड राजा गगनी राजको यात्रा नै हालसम्म थाहा पाइएको प्रथम यात्रा संस्मरण हो । त्यसपछि जङ्गबहादुरको बेलायत यात्रा देखा परेको छ । यसपछि थुप्रै लेखकहरू यस क्षेत्रमा देखा परेका छन् । चिरत्तजीवि पौडेल......रमेश विकल,मञ्जुल,श्रीकृष्ण गौतम,देवीचन्द्र श्रेष्ठ,सुब सेन, निर्मोही व्यास,धर्मराज थापा,गङ्गाप्रसाद उप्रेती,जनकलाल शर्मा,विजय चालिसे,सुधा त्रिपाठी,भीष्म उप्रेती आदिले यात्रा सन्दर्भका पुस्तकाकार कृति प्रदान गरेर यस फाँटलाई क्रमशः उर्वर बनाउँदै लगेका छन् ।
–सुधा त्रिपाठी,बेलायत यात्रा निबन्धमा थप पाइलो,प्रलेस,वर्ष ४ अङ्क ५,साउन–असोज २०५३,पृष्ठ ६४–६५ ।
ड्ड ..यस्तै भरतजङ्गमको कालो सुर्य(२०३६),वामदेव पहााडीको कैदी र झ्यालखाना(२०३६),विजय चालिसेको अनि कुइरो फाट्छ(२०३६),वासुशशीको फूल ओइलाएपछि(२०३९) ले नेपाली उपन्यासको फाँटलाई अगाडि बढाउन निकै मद्दत गरेको देखिन्छ ।
–रामप्रसाद दाहाल,सिङ्गो नेपाली भाषासाहित्यको इतिहास र साहित्यकारहरूको परिचय,२०५४,पृष्ठ १७३ ।
ड्ड यस्तै निनु चापागाइँ,रुद्र खरेल,माधवराज आचार्य,कृष्ण प्रसाइँ,विजय चालिसे,मञ्जु तिवारी,किशोर कुँवर लगायत हजारौं युवा प्रतिभाहरू आधुनिक नेपाली कथाको विकास गरान लागि परेका छन् ।
–रामप्रसाद दहाल,ऐ...ऐ...पृष्ठ १८४ ।
ड्ड वर्तमान दुई दशकदेखि आधुनिक नेपाली निबन्धमा सक्रिय रुपमा देखा परेका निबन्धकारहरूमा मोहनराज शर्मा,राजनारायण प्रधान,....। ....विजय चालिसे आदिलाई पनि लिन सकिन्छ ।
–रामप्रसाद दहाल,ऐ...ऐ...पृष्ठ १९४ ।
ड्ड चर्चित लेखिका पारिजातको एक कठिन निष्कर्ष,विजयकुमार चालिसेको प्रेरणाको अन्त्य र शंकर कोइरालाको नसा(२०४४) उल्लेखनीय एकाङ्कीहरू मान्न सकिन्छ ।
–रामप्रसाद दहाल,ऐ...ऐ...पृष्ठ १९८ ।
ड्ड विजय चालिसे ः विसं २००८ सालमा काठमाडौं जिल्लाको आरुबारीमा जन्मन पुगेका विजय चालिसेले शिक्षा र साहित्यको क्षेत्रमा योगदान दिंदै आएका छन् । गोरखापत्रसँग सम्बद्ध यिनले विद्यालयदेखि महाविद्यालयसम्म प्राध्यापन पनि गरेका छन् । विभिन्न पत्रपत्रिकमामा लेख रचना छपाउने,सम्पादन गर्ने,यिनका झण्डै एक दर्जन पुस्तकहरु प्रकाशित भएका छन् । यिनका होटेल राँकीमा हत्या(२०३१),अनि कुइरो फाट्छ(२०३६),अनौठो देशमा एलिस(२०५५)जस्ता उपन्यास र बाल उपन्यासहरू प्रकाशित भएका छन् । यस्तै त्रिविध(२०४४),प्रायेग–प्रत्यारोपण(२०४७), कथा संग्रहका रुपमा प्रकाशित भएका छन् भने अप्रिलको बेलायत हिमाली आँखा(२०४५) यात्रा साहित्यको रुपमा प्रकाशित भइको छ । यस बाहेक पनि डोटेली संस्कृति र साहित्य,दयालु राजकुमार,अनौठो भूमिमा एलिस,समाचार लेखन तथा संपादनजस्ता कृतिहरू प्रकाशित भएका छन् । हाल पनि यिनको कलम विभिन्न समसामयिक विषबस्तुमा सक्रिय रुपले चलिरहेको छ ।
–रामप्रसाद दहाल,ऐ...ऐ...पृष्ठ ३७४ ।
ड्ड यस बीचमा विजय चालिसेको डोटेली लोक साहित्य....जस्ता कतिपय ज्ञातअज्ञात व्यत्ति र कृति प्रकाशमा आएका छन् ।
–पूर्णप्रकाश नेपाल यात्री,लोक साहित्य अध्ययन,गरिमापूर्णङ्क १९०,असोज २०५५ ।
ड्ड पूर्णप्रकाश नेपालले अप्रिलको बेलायतका बारेमा उनको नेपाली साहित्यमा नियात्रा विधा शीर्षक लेख,झुल्का १,साहित्यिक द्वैमासिक,संपादक विपिन आचार्य,शारदीय प्रकाशन २०५५ पृष्ठ ३० मा उल्लेख ।
ड्ड कथाकार विजय चालिसे कथा उपन्यास,बाल साहित्य,पत्रकारितानजस्ता फाँटमा चर्चित नाउँ हो । निरन्तर आफ्नो सैद्धान्तिक अडानमा रहेर आफ्नो साधनालाई अगाडि बढाउने विजयको लघुकथा हो ‘एउटा अर्को श्रवण कुमार’। यसमा आमाबाबुलाई अरुणको बाढीले लगेको पचासहजार पाउने आशाले दङ्ग परेको हर्को आमाबाबु जीवित फेला पर्दा दःुखी बनेको तथ्य देखाइएको छ । गरीबीले कस्तो भूमिका खेल्छ भन्ने यथार्थ यस कथाले प्रभावकारी रुपमा चस्स विझ्ने गरी प्रस्तुत गरेको छ ।
–घटराज भट्टराई,शब्दपथ कथाविशेषांक,संपादक विनोद मञ्जन,गायत्री विष्ट,वर्ष २,अङ्क ३,माघ २०५५,पृष्ठ ग ।
ड्ड कथामा प्रयोग ः माफी–मेरो साँचो र उपेक्षित मेरो म ! मलाई माफ गर ।
–विजय चालिसे,एउटा आत्मस्वीकृति मृत्युको शैय्याबाट ।
 –मोहनराज शर्मा,समकालीन समालोचना सिद्धान्त र प्रयोग,नेराप्रप्र,प्रथम संस्करण,२०५५,पृष्ठ... ।
ड्ड समयको जुन कालखण्डमा जे–जस्ता घटना–प्रक्रियाबाट तत्कालीन जीवन–परिवेश अधिकाधिक रुपमा प्रभाविचत हुने गर्छ त्यो त्यतिबेलाको प्रतिनिधि यथार्थ बन्न पुग्छ । साहित्यका लधु आयामिक विधा कथा,निबन्ध,संस्मरण आदिमा यसको प्रतिविम्ब टडकारो रुपमा देखिनुले पनि वर्तमानको प्रतिनिधि यथार्थ भनेको जनसमर सिर्जित यथार्थ हो र समकालीन कथा लेखन पनि यसै दिशा तर्फ अभिमुख छ भन्ने पुष्ट्याइँ मिल्छ । ...दृष्टान्त नै अघि राखेर भन्नुपर्दा अहिलेसम्म जनसमर सिर्जित यथार्थका साथै राज्य आतङ्ककको प्रतिविम्ब भएका दर्जनौं कथा विभिन्न पत्रपत्रिकामा छापिइसकेका छन् भने कतिपय कथा स्रष्टाले संग्रह समेत प्रकाशित गरिसकेका छन् । यस सन्दर्भमा ...विजय चालिसेको ‘एउटा निर्दोष प्रश्न” ...आदि उल्लेख्य रहेका छन् ।
–गोपीन्द्र पौडेल,समकालीन कथा लेखनका प्रबृत्ति र दिशा,कलम १९,वर्ष ६ अङ्क ३,सम्पादक ः कृष्णसेन इच्छुक,डा.ऋषिराज बराल,मणि थापा,जेठ–असार–साउन२०५५ पृष्ठ ८० ।
ड्ड तात्तातो वर्तमानको चर्चा गर्दा जनसमरका साथै राज्य आतङ्कको प्रतिविम्ब समकालीन लेखनमा सर्वाधिक रुपमा भएको देयखन्छ ।...जनसमर सिर्जित यथार्थका साथै राज्य आतङ्ककको प्रतिविम्ब भएको कथाको उल्लेख गर्दा ....विजय चालिसेको “एउटा निर्दोष प्रश्न”...अदि देखिन्छन् ।
–गोपीन्द्र पौडेल,कलम,ऐ...ऐ...पृष्ठ ८३ ।
ड्ड १....२०३० सालपछि एउटा नयाँ पिंढी कथालेखनको क्षेत्रमा सिक्रय रुपमा देखा पर्छ र यो पिंढीले कथालेखनलाई आन्तरिक संसारबाट सामाजिक संसारमा लान महत्वपूर्ण भूमिका खेल्दछ । नारायण ढकाल,अशेष मल्ल,राजव,ऋषिराज बरालmइस्माली,सनत रेग्मी,भागीरथी श्रेष्ठ,विजय चालिसे यो चरणका उत्तराद्र्धको महत्वपूर्ण कथाकार हुन् । यिनै कथाकारहरूले २०३६ साल पछि कथालेखनलाई एउटा नयाँ गति र दिशा प्रदान गरेका छन् ।
ड्ड २.२०३६ साल अघिदेखि कथा लेख्ने कथाकारहरू नारायण ढकाल,राजव,श्रषिराम बराल,इस्माली,किशोर पहाडी,विजय चालिसे अझ सशक्तताका साथ यस अवधिमा देखा पर्छन ।
–प्रधान संपादक ः ऋषिराज बराल,नेपाली कथा ऐतिहासिक सर्वेक्षण,नेपाली कथा भाग ३,साझा प्रकाशन,पृष्ठ ९ र १० ।
ड्ड नवयुगीन धारा (२०३०–२०३६) ः ....कथाकारहरूमा प्रयोगशीलताको प्रबृत्ति देखाप¥यो,अर्थात नयाँ नयाँ शैलीका कथाहरूद्वारा कथा परम्परामा गतिशील चरित्र देखाप¥यो । समयले ल्याएकोपरिवर्तित मूल्यका साथै अन्तर्राष्ट्रिय परिस्थितिको प्रभावस्वरुप हाम्र कथाकारहरूले ेपाली कथाको संरचना र रुपविन्यास दुबै पक्षलाई द्रूत गतिमा गतिमान गराए । यस नवयुगीन धाराका अन्य प्रतिभाहरू थिए–पुष्कर लोहनी,परशुप्रधान,हरिहर खनाल,सन्तोष भट्टराई,कविताराम,मञ्जु तिवारी,काँचुली,वनमाली निराकार,गोपाल पराजुली,किशोर पहाडी,विजय चालिसे,इन्दिरा प्रसाइँ,ध्रुव मधिकर्मी,लव गाउँले,नारायण ढकाल,इस्माली,आदि नवयुगीन धारा आत्मगत यथार्थ तर्फ उन्मुख अपेक्षाकृत बढी दार्शनिक धारा हो । यस धाराले कालसंबद्ध जीवनलाई नयाँ दृष्टिकोणबाट परिभाषित ग¥यो । गम्भीर चिन्तन र वैचारिक द्वन्दको प्रतिफल यस धाराका कथाहरूमा पाइन्छ ।
समसामयिक धारा  (२०३७–    ) ः आधुनिक नेपाली कथाके इतिहासमा यो समसामयिक धारा अघिल्लो नवयुगीन धाराकै विस्तारित रुप हो,ता पनि यसको आफ्नै स्वरुप रहेको पाइन्छ ।.....यस धारामा नवयुगीन धाराकै कथाकारहरूको ठूलो योगदान रहेको छ ।
–संपादक मण्डल ः ईश्वर बराल,कृष्णचन्द्र सिंह प्रधान आदि,नेपालस्ी साहित्य कोष,नेराप्रप्र,प्रथम संस्करण २०५५ पृष्ठ १७९ ।
ड्ड १.आधुनिक नेपाली कथा २०३५ साल पछिको अवधितिर आइपुग्दा कथाका मूल प्रबृत्तिहरूविविध विसङ्गति र विविध जीवन मूल्यलाई समीकृत गर्ने तर्फ देखिएका छन् ।अर्को अर्थमा भन्नुपर्दा–जीवनका सामयिक मूल्यलाई स्थापना गर्ने,मानवीय चरित्रमाथि थपिन आएका अमानवीय चरित्रको निराकरण गर्ने प्रबृत्तिलाई यस अवधिका कथाहरूले अनाबृत्त गरेको पाइन्छ । यस्ता कथा तथा कथाकारहरूमा ....विजय चालिसे लगायत अमरकुमार प्रधान,तेजप्रकाश श्रेष्ठको त्रिविध, विजय चालिसेको प्रयोग–प्रत्यारोपण (२०४९)...अदि प्रमुख देखिन्छन् ।
ड्ड २.प्रगतिशील कथा लेखनका फाँटमा पनि केही श्रष्टाहरू विशेष क्रियाशील भएका देखिन्छन् । यस्ता कथाकारहरूमा ....विजय चालिसे....आदि प्रतिभाहरू विशेष उल्लेखनीय देखिन्छन् ।
–भुवन अकिञ्चन,कथाको सैद्धान्तिक परिचय र विकास प्रक्रिया,हाम्रो पुरुषार्थ,कथा विषेशांक वर्ष २६,अङ्क २,सम्पूर्णङ्क ३८,बैशाख २०५६,पृष्ठ १४१,प्रकाशक किरण पुस्तकालय,तम्घास गुल्मी ।
ड्ड १.यस्तै यही साल (२०४७)मा प्रकाशित आन्दोलनस्पर्शित अन्य कथाहरू जसमा विद्रोहको सोझो रुपमात्र देख्न पाइन्छ हुन्—घरमा जासुसी(शङ्कर कोइराला),जुलुस ( भागीरथी श्रेष्ठ),यी दिन ÷एक (इस्माली),जुलुस (वासु बराल),टु डे फागुन नाइन्टीन (विश्वम्भर चञ्चल),प्रति शहिद –शङ्करकुमार श्रेष्ठ),स्वतन्त्रताको मूल्य (विजय चालिसे ) । यी कथाहरू पढ्दा विद्रोहशील कुराहरू पाठक सामु कसरी राख्नुपर्छ भन्ने कथाकारहरूले बिर्सिएजस्तो लाग्छ ।
ड्ड  २.नेपाली कथकमा २० पछि ३० को दशकलाई मोटामोटी  रुपमा हेर्दा कुण्ठा र नैराश्यताको ावना,शङ्का र सन्त्राशको स्वर बढी सुनिन थाले पनि दिनेश सत्याल,नारायण ढकाल,ऋषिराज बराल,नन्दराम लम्साल,रत्न कोजु,इन्दिरा प्रसाइँ,विजय चालिसे, नारायण तिवारी,केनाङ्ग,देवीका तिमल्सिना,राजेश्वर थापा,लव गाउँले,विजय वजिमय,रमेश गोर्खाली इथ्यादिका कथाहरूमा पवरिवेश प्रतिको दृष्टिकोण अत्यन्त चनाखो र सजग भेटिन्छ ।
–किसन थापा अधिर,आजको नेपाली कथा ः एक सर्वेक्षण,प्रज्ञाा ९०,असार–असोज २०५६,पूर्णङ्क ९०,वर्ष २९,पृष्ठ १०६ ।
ड्ड समसमयिक धारा( २०३७देखि हालसम्म)का कथाकारहरूले जीवनका सामयिक मूल्यलाई स्थापना गर्ने, सामाजिक संरचामा प्रचलित विकृति र विसंगतिलाई विरोध गर्ने मानवीय चरित्रमाथि जोडिन आएका अमानवीय चरित्रको निराकरण गर्ने प्रवृत्ति नै समसामयिक धाराका मूलभूत विषेषता हुन् । आञ्चलिक प्रवृत्ति उन्मुखता, प्रगतिशील चेतनाको तीब्रता, विश्वजनीन सन्दर्भहरूप्रतिको सचेतता र बौद्धिक चेतनाको अभिव्यक्ति यस धाराका मौलिक प्रवृत्ति हुन् । समसामयिक धारा नवयुगीन धाराको विस्तारित रुप मानिन्छ । यस धारालाई पनि माक्र्सवादी र गैह्र माक्र्सवादी गरी दुई वर्गमा विभाजित गर्न सकन्छि । माक्र्सवादी उपधाराका प्रमुख कथा र तिनका कथाहरू निम्न बमोजिम उल्लेख गर्न सकिन्छ– .....प्रयोग ÷प्रत्यारोपण, विजय चालिसे......। यस उपधाराका कथाहरूमा पमुख रुपमा सामाजिक, सांस्कृतिक मानकप्रति वितृष्णा, समतामूलक समाज निर्माणको आग्रह, विसङ्गति र विकृतिमूलक परिवेशप्रपत व्यङ्ग्य, प्रगतिशील चतनाको तीब्रता,र स्वतन्त्रताप्राप्तिका निम्ति सङ्घर्ष र विद्रोह ।  
ड्ड अहिले पनि प्रगतिशील कथाहरूको राम्रो उपस्थिति छ– समग्र नेपाली साहित्यकै कथा इतिहासमा । त्यति मात्र होइन,प्रतिबद्ध प्रगतिवादी कथाकारहरूको पनि उल्लेख्नीय उपस्थिति छ । रमेश विकल,पारिजात,खगेन्द्र संग्रौला,हरिहर खनाल,नारायण ढकाल,राजव,विजय चालिसे,ऋषिराज बराल,घनश्याम ढकाल,लगायत कतिपय प्रगतिशील कथाकारहरूको दह्रो उपस्थिति छ–नेपाली कथा साहित्य मैं ।
–इस्माली,कथाको बारेमा कथाकारहरूको अभिमत,सहयात्री त्रैमासिक,वर्ष २ अङ्क २,पूर्णङ्क २,बैशाख २०५७ । (यसैमा विजय चालिसेकको पनि अभिमत प्रकाशित) ।
ड्ड प्रमोद प्रधान,नेपाली बालसाहित्यको इतिहास,बगर प्रकाशन,बैशाख २०५७ ः
पृष्ठ १५,१२१, र १५२–डोटेली लोक संस्कृति र साहित्य, सन्दर्भ ।
पृष्ठ ः२८,६६–दयालु राजकुमार
पृष्ठ ः २९–बालकथा प्रमुखमध्ये ।
पृष्ठ ः ३० –बालएकाङ्की प्रमुख लेखक मध्ये ।
पृष्ठ ः५८–बादलका बुट्टाहरू बालनाटक बारे चर्चा “बालबालिकाहरूको रुचि अनुकूलताको प्ररणदायी विषबस्तु,सरल स्पष्ट संवाद,सरल भाषा र थोरै पात्र यस नाटक संग्रहका विशेषता हुन् ।
ड्ड पृष्ठ ः६२–बालोपयोगी जीवनी शीर्षकमा केही वरिष्ठ समाजसेवी अन्तर्गत चर्चा ।
ड्ड पृष्ठ ः६७–अनुवादबाल साहित्य अन्तर्गत अनौठो भूमिमा एलिसको चर्चा ।
ड्ड पृष्ठ ः१३८–नेपाली बाल पत्रिकाको विगत र वर्तमान शीर्षकमा मुनाको संपादकका रुपमा उल्लेख ।
ड्ड पृष्ठ ः१५५– देखि १५७,१५९,१६१–हराएको मूर्ति,बादलका बुट्टाहरू,दयालु राजकुमार, अनौठो भूमिमा एलिस र हाम्रो वरिपरिको विज्ञानको उल्लेख ।
ड्ड प्रमोद प्रधान, नेपाली बालसाहित्यको इतिहास, दोस्रो संस्करण–२०६१ –ंिववेक शीर्जनशील प्रकाशन प्रकाशन प्रालि ः
ड्ड पृष्ठ २४ः कृष्णप्रसाद पराजुली आस्थाको आयाम ग्रन्थ २०४६, सन्दर्भ ।
ड्ड पृष्ठ ३० र ३९–४०, ४१,ः डोटेली लोक संस्कृति र साहित्य, सन्दर्भ ।
ड्ड पृष्ठ ५२ः –दयालु राजकुमार, मङ्गल ग्रहमा विज्ञान, मुस्ताङको गुफा
ड्ड पृष्ठ ५४–५५ः बालकथा क्षेत्रमा विजय चालिसे ।
ड्ड पृष्ठ ५५–५६ः बालएकाङ्की–नाटकका क्षेत्रमा, बालोपयोगी जीवनीका क्षेत्रमा र अनुवादका क्षेत्रमा विजय चालिसे ।
ड्ड पृष्ठ ९६–९७ः बालकथाकार विजय चालिसेको विवेचना
ड्ड पृष्ठ १०९ मङ्गल ग्रहमा विज्ञान, मुस्ताङको गुफ, १११, ती दुबै उपन्यासका बारेमा चर्चा
ड्ड पृष्ठ ः ११५ –बालएकाङ्की प्रमुख लेखक मध्ये, बादलका बुट्टाहरू बालनाटक बारे चर्चा ।
ड्ड पृष्ठ ः१२१, १२३–बालोपयोगी जीवनी शीर्षकमा केही वरिष्ठ समाजसेवी अन्तर्गत चर्चा ।
ड्ड पृष्ठ १२९ः चित्रकथा÷चित्रपुस्तक दयालु राजकुमार बारे चर्चा,
ड्ड पृष्ठ १३६–१३७ः अनुवाद बालसाहित्य बोर चर्चा– अनौठो भूमिमा एलिस, विश्वप्रसिद्ध बालकथा १ र २ ।
ड्ड पृष्ठ २५७ः नेपाली बाल पत्रिकाको विगत र वर्तमान शीर्षकमा मुनाको संपादकका रुपमा उल्लेख ।
ड्ड पृष्ठ २६९ः नेपाल बासास बापुस्तक पुरस्कारको चर्चा
ड्ड पृष्ठ २७२ः साझा बालसाहित्यपुरस्कारको चर्चा
ड्ड पृष्ठ ः२५९ः बालकथा, २९७ उपन्यास, २९८ बालएकाङ्की, २९९ बालजीवनी, ३०० चित्रकथा, ३०७ अनुवाद बालसाहित्य, ३११ विविध बालसाहित्य र सन्दर्भ अन्तर्गत पृष्ठ ३१४मा डोटेली लोकसंस्कृति र साहित्यका १४ वटा पुस्तकहरूको उल्लेख ।
ड्ड कृष्णप्रसाद पराजुली, देउरालीबाट, २०६७, कथाकार र कथा त्रिविध, पृ.२६४–२६८ ।
ड्ड इसी तरह नेपाली साहित्य अन्तर्गत भी विशेषकर अङ्ग्रैजी और रुसी भाषमें ही बालसाहित्यका नेपाली अनुवाद किया गया है । इस दिशामें विश्वम्भर चञ्चल,प्रा.चूडामणि बन्धु,विजय चालिसे आदि ने प्रशंसनीय कार्य किया है ।
–प्रा.डा. उष ठाकुर,सार्थकताकी तलाशमें आजका बाल साहित्य,हिमानी,वर्ष २ अङ्क २, अप्रिल–जुन १९९९,काठमाण्डूसे प्रकाशित हिन्दी त्रैमाशिक ।
ड्ड सत्यपरक र इमान्दारीपूर्वक प्रतिविम्बन गर्ने लेखकहरूलाई यस(आलोचनात्मक यथार्थवादी दृष्टिकोण) प्रबृत्ति अन्तर्गत राख्न सकिन्छ । यस्ता लेखकहरू माओवादी विद्रोहको सार्थनमा खुलेर नआए पनि अहिलेको वर्ग युद्धको सन्दर्भमा देखिएको यथार्थको सत्यपरक अभिव्यक्ति गर्ने तथा राज्य आतङ्ककको विरोध गर्ने काममा इमान्दारीका साथ प्रस्तुत भएका पाइन्छन् ।राज्य आतङ्ककको तीब्र विरोध गर्दै घुमाउरो पाराले जनताको संघर्षको कथा र गाथाहरू प्रति समर्थन भाव देखाउने प्रबृत्ति यस कोटिका लेखकहरूमा पाइन्छ । आत्माराम शर्मा,विवश वस्ती,तेजप्रकाश श्रेष्ठ,विजय चालिसेका कतिपय कथाहरू यस प्रबृसत्त अन्तर्गतका कथाहरू हुन् । अझ आलोचनात्मक प्रबृत्तिलाई उच्चतम रुप दिने कथाकारका रुपमा रमेश विकललाई अघि सार्न सकिन्छ । विजय चालिसेको रगतको फूल,रमेश विकलको ककराको लाश,विवश बस्तीको भीरमौरीको मह,आत्माराम शर्माको एक दिन,तेजप्रकाश श्रेष्ठको आतङ्कै आतङ्कजस्ता कथाहरूले राज्य आतङ्ककको नृशंस प्रबृत्तिलाई देखाएका छन् ।
–डा.ऋषिराज बराल,यथार्थको गतिशील पक्ष ः सौन्दर्यबोध र सिर्जना,        (उपशीर्षक)–आलोचनात्मक यथार्थवादी दृष्टिकोण,कलम त्रैमासिक,वर्ष ९,अङ्क १,पूर्णङ्क २८,मंसिर–माघ २०५७ पृष्ठ २५ ।
ड्ड ...२०१७ साल पछि कथा साहित्यका क्षेत्रमा थुप्रा प्रतिभा देखा परे र तिन्ले दिएका योगदानका आधारमा त्यो क्षत्र अत्यन्त समृद्ध बन्न पुगेको देख्न पाइन्छ । ...२००७ सालको प्रत्यक्ष प्रभाव बेहोरेर ....लेख्ने कथाकारहरूको नाउँ यस प्रकारले प्रस्तुत गर्न सकिन्छ ः रमेश विकल,परशु प्रधान,शैलेन्द्र साकार,भाउपन्थी,ध्रुवचन्द्र गौतम,खगेन्द्र सङ्ग्रौला, मनु ब्राजाकी,मोहनराज शर्मा,सात रेग्मी,सन्तोष भट्टराई,सीता पाण्डे,ऋषिराज बराल,विजय वजिमय,विजय चालिसे,...आदि । यी कथाकारले कथाको माध्यमबाट आस्थाको लडाइँ लड्ने काम मात्र गरेनन्.....२००७ सालको सांस्कृतिक धरोहरलाई रक्षा  गर्ने र ...पछि परेको देखिँदैनन् ।
–गणेशबहादुर प्रसाइँ,२००७ सालको क्रान्ति र नेपाली साहित्यमा त्यसको प्रभाव,समकालीन साहित्य–४०,वर्ष ११,अङ्क २,नेराप्रप्र,माघ–फागुन–चैत२०५७ ।
ड्ड ....यति भएर पनि गौरवको कुरा के छ भने आजसम्मको इतिहासको अन्य कथा धाराहरूमा क्रमशः तेजहीन हुँदै समयसँग लीन भइसके, तर यो (प्रगतिवाद) भने अद्यापि रहरलाग्दो जीवन बाँचि रहेको छ ।...यस धाराको विस्तारस्वरुप २०२०को दशकदेखि खगेन्द्र सङ्ग्रौला,राजव,हरिहर खनाल,ऋषिराज बराल,इस्माली,विजय चालिसे,नारायण ढकाल,आदिले स्तरीय कथाहरू लेख्दै आएका छन् ।
–डा.प्रा.दयाराम श्रेष्ठ,नेपाली कथा भाग ४,त्रिवि मानविकी तथा सामाजिक शास्त्र अध्ययन संकाय अन्तर्गत स्नातकोत्तर तहका लागि निर्धारित पाठ्यक्रम,साझा प्रकाशन,पृष्ठ २९ ।
ड्ड लोक साहित्यको क्षेत्रमा धेरथोर योगदान दिने व्यक्तिहरूमा....विजय चालिसे(२००८)....लगायतका लेखकहरूले नेपाली लोक तथा बालसाहित्य र सांस्कृतिक जीवनसँग सम्बन्धित लोकसंस्कारगत मूल्यहरूको प्रतिष्ठा प्रदान गर्न पन प्रयत्न गरेका छन् ।
–राजेन्द्र सुवेदी,नेपाली समालोचनाको पछिल्लो चरण ः लोकसाहित्यको शोधखोजपरक समालोचना,दीपशिखा,ोटेश्वर बहुमुखी क्याम्पस,वर्ष १२ अङ्क ६,पूर्णङ्क ६,बसन्तपञ्चमी २०५८,पृष्ठ २ ।
ड्ड त्यस्तै विजय चालिसे(२००८) को डोटेली लोकसंस्कृति र साहित्य(२०३९) लोक संस्कृतिको अध्ययन क्षेत्रमा व्यापक भूमिका खेलेको छ । यस्तै गैह्र समीक्षात्मक अन्य साहित्यिक र पत्रकारिता सम्बन्धी कृतिमा चालिसेको कलम जुटेको छ ।
–राजेन्द्र सुबेदी,दीपशिखा पृष्ठ १७ ।
ड्ड जिय चालिसे औलामा गन्न सकिने नियात्राकारमध्ये एक भन्ने उन्नयन २०५८माभ–चैत अङ्कको नियात्रासम्बन्धी लेखमा उल्लेख

ड्ड छयालीसोत्तर वा छैटौं दशकको आधुनिक नेपाली निबन्ध विधामा.....विजय चालिसे ....आदिको प्रयकश विशिष्ट रहेको छ ।
–रमेश गोर्खाली, ’बाग्मतीको हरक’मा प्रत्यक्षवादी जिजीविषाको परिदृश्य, गरिमा,बैशाख २०५९,वर्ष २०अङ्क ५ पूर्णङ्क २३३,पृष्ठ ४४ ।

ड्ड विजय चालिसेको एउटा निर्दोष प्रश्नले वर्तमान नेपालमा विद्यमान् अशान्ति र अन्धकारलाई जनाउँछ । रक्षक र भक्षक छुट्टिन गाहारो छ यहाँ ।अशान्तिसँगै असुरक्षा छ । जनजीवन भयग्रस्त छ,अन्यौलग्रस्त छ । यहाँ निर्दोषहरू त्यसै त्यसै आफैं समाप्त हुनसक्ने सङ्केत हो यो । अन्याय अत्याचारले सभ्यता ढाकिने कथा हो,तर यो विश्वव्यापि व्यथा हो । हतियारको उत्पादनले बनाएको घाउ हो । आजमको मानव जातिको एउटा पाटो यन्त्र झैं संवेदनाशून्य छ । यसको औषधि छैन र यो थिम श्रीलङ्ककाको उचित थियो,अफगानिस्तानको लागि उचित थियो,विश्वको अन्य भागको लागि थियो । तर अपसोच गौतम बुद्धको आफ्नै देशमा पनि उचित भइदियो । रचनाकारले यो थिम पक्रनै पर्छ ।
–डा.गोन्दि भट्टराई,उत्तरआधुनिकतावादको सन्दर्भमा नेपाली आख्यान; समकालीन साहित्य,नेपाली कथा–समालोचना विशेषाङ्क–१,वर्ष १२ अङ्क ३ पूर्णङ्क ४५,बैशाख–जेठ–असार २०५९ ।
ड्ड कतिपय अघिल्लो चरणदेखि नै केृही यसै चरणमा आएर श्रस्थापित भएका (यथार्थवादी धाराका)उपरोक्त नामहरूका अतिरक्ति खगेन्द्र संग्रौला,ध्रुव सापकोटा,कुमार ज्ञवाली,हरिह।र खनाल,एस्माली,नारायण ढकालविजय चालिसे,राजव.............सम्म आइपुग्दाका थुप्रै कथाकारहरूले यथार्थकै विविध रुपलाई विभिन्न्नप्रकारले प्रयोग गरी नेपाली कथालाई उत्तरोत्तर समृद्ध तुल्याउँदै लगेका छन् ।
–मधुसुदन गिरी,स्वैरकल्पना र नेपाली कथा(परम्परामा यसको प्रयोग; समकालीन साहित्य,नेपाली कथा–समालोचना विशेषाङ्क–१,वर्ष १२ अङ्क ३ पूर्णङ्क ४५,बैशाख–जेठ–असार २०५९ ।
ड्ड व्यङ्ग्यात्मकता ः आफूभित्रको शक्तिलाई आफैंभित्र खाँदेर विकृति प्रदर्शन गर्ने प्रयोगवादी कथाका तुलनामा हरेक किसिमका विकृति,विसङ्गति,अन्याय,भेदभावप्रति तीक्ष्ण आलोचनात्मक दृटि राखेर गहिरो चिन्ता प्रकट गर्न र त्यसका कारक राजनीतिक–सामाजिक सन्दर्भप्रति बठोर व्यङ्ग्य गर्नु यस चरण(जनआन्दोलन पूर्व २०३६–४६) का कथाको मूल प्रबृत्ति हो । जीवनमा व्याप्त असामञ्जस्य,असन्तुलन र विषमताको धज्जी उडाउने यस किसिमकम कथाहरूले यथाथ्का प्रति आफ्नो असहमति देखाएका छन् । शासकहरूको अकर्मण्यता,शहरी सभ्यताले भित्र्याएका प्रदूषणाहरू,छिमेकी देशबाट पाएको अविश्वास र घात–प्रतिघात,मान्छेका प्रवञ्चना आदिप्रति गरिएका व्यङ्ग्यका कथामा संव्दना र सम्प्रेषणको मिठास पन अत्यधिक रहेको छ ।......मनुब्रजाकी,मोहनराज शर्मा,विजय चालिसे विनयकुमार कसजु,हरिहर खनाल,इस्माली,सन्तोष भट्टराई,राजव,नारायण ढकाल आदिले व्इङ्ग्यलाई कलात्मकताका साथ प्रस्तुत गरेका छन् ।
–नेत्र एटम,समकालीन नेपाली कथा ः परिवेश र प्रकृति;समकालीन साहित्य,ऐ...ऐ...पृष्ठ १३६ ।
ड्ड न्वयुग÷उत्तराद्र्ध(प्रयागवादी २०२०यता) ः मथि उल्लिखित कथाकारहरूका अघिपछि गरेर साथ देखापर्ने कथाकारहरूमा ......विजय चालिसे....आदि प्रमुख छन् ।
–रोशन थापा नीरव,नेपाली कथाकोविकासक्रम,समकालीन साहित्य....ऐ...ऐ...पृष्ठ २१६ ।
ड्ड २०४६ उत्तरका कथाहरू ः नेपाली कथा २०४६ को मध्य युगमा पुगेपछि विविध शैलीका साथ प्रस्तुति हुन प्रयासरत देखिन्छन् । यस्तो प्रयास २०४६को जनक्रान्तिसँगै देखा पर्दछ । यो समय नेपाली कथाको उत्कर्ष काल वा विन्दु हो । दोसाँध वा सङ्क्रमणकाल हो । यसै समयमा धेरै पुराना,केही पुराना र नवीन,धेरै नवी पुस्ताका कथाकारहरू एकसाथ तत्कालीन व्यवस्थासँग लड्न पुग्छन् । यसका उदाहरण हुन्–दौलतविक्रम विष्टको माकुरो(गरिमा २०४७),रमेश विकलको(घोप्टिएको डुङ्गा,गरिमा २०४७),देवकुमारी थापाको एउटा अर्को वणंशङ्कर(गरिमा २०४७),मोहनराज शर्माको त्यो एउटा मनवीर(गरिमा २०४७)ध्रुवचन्द्र गौतमको हवनकुण्ड(गरिमा २०४७)गोविन्द गिरी प्ररणाको मुक्त(गरिमा २०४७),विजय चालिसेको आगोको फिलुङ्गो(गरिमा, २०४७)....आदि ।
–रोशन थापा नीरव,समकालीन ऐ....ऐ....पृष्ठ २१८ ।
ड्ड सङ्ख्यात्मक तथा गुणत्मक दुबै दृष्टिमा २०४६ पछिको प्रगपतवादी कथालेखन विकसित स्थितिमा छ । २०५१–२०५२ पूर्व सङ्ख्यात्मक तथा गुणत्मक दुबै दृष्टिमा केही मन्दी देखिए पनि २०५१–२०५२ पछि विविध दृष्टिमा यस धाराको कथा लेखनले गति लिएको मात्र होइन, गुणत्मक फड्को मारेको तथ्य स्पष्ट छ । समकालीन प्रगतिवादी नेपाली कथा–लेखनमा रमेश विकल, पारिजात, खगेन्द्र सङ्ग्रौला, खहिर खनाल, चूडामणि रेग्मी, इस्माली,.......विजय चालिसे......आदि कथाकारहरू संलग्न भएका देखिन्छन् ।
–डा.देवी प्रसाद गौतम, समकालीन प्रगतिवादी नेपाली कथाका प्रवृत्तिहरू, प्रलेस, पूर्णङ्क–१३, वर्ष ७, पूर्णाङ्क १३, फागुन २०५९, प्रलेस, नेपाल, समकालीन नेपाली प्रगतिवादी कथाका पवृत्तिहरू विषयक २०५७ चैत १८ मा भैरहवामा आयोजित प्रलेस गोष्ठीमा प्रस्तुत कार्यपत्र, पृष्ठ ८२–८३  ।
ड्ड घटकीय चिन्तनलाई नै प्रवृत्ति मान्ने सवाल ः ‘संसदीय प्रतिस्पद्र्धाको रयानीतिबाट राज्यसत्ता कब्जा गरी जनवादको अभीष्टसम्म पुग्न शक्ति सञ्चय गर्नुपर्छ भन्ने जनताको बहुदलीय जनवादी सोचअनुसारको लेखन अघि बढाउने धार र आमूल परिवर्तनका लागि अर्थात पूर्णतः नौलो जनवादी सत्ता कायम गर्न संसदीय भासमा पस्नु उपयुक्त होइन, सशस्त्र सङ्घर्षबाटै उत्तप शक्रि र राज्य सञ्चय गर्नुपर्छ भन्ने अर्को धार ।’(विजय चालिसेः२०५७) ।
माथि प्रस्तुत विचारलाई निम्न रूपमा लिनु उपयुक्त हुन्छः
समकालीन प्रगतिवादी कथा–परम्परा छुट्टै ‘बहुदलीय जनवादी सोचअनुसारको लेखन’ प्रवृत्तिगत रूपमा किटान गर्न मिल्ने गरी देखा परिसकेको छैन र कुनै पनि विवेचकले स्थापित प्रगतिवादी मूल्यमान्यताभन्दा भिन्न प्रगतिवादी बहुदलीय जनवादी सोचअनुसारको लेखन यस्तो हुन्छ वा हुनुपर्छ भन्ने खाका प्रस्तुत गरेको तथा मानिएको, समाजवादी यथाथइवादी साहित्य–परम्पराभन्दा भिन्न सैद्धान्तिक स्तरमा यो यो कृतिमा यस यस रूपमा बहुदलीय सोच अभिव्यक्त भएको छ भनेर कुनै विश्लेषकले पुष्टि गरेको तथ्य पनि हाम्रो सामु देखिएको छैन । कुनै एक साहित्यकारको सृजनात्मक पद्धति बहुदलीय जनवादी सोचाइको स्वीकार अघि केकस्तो थियो र उक्त सोचाइलाई आत्मसात् गरे पछि पहिलेको सृजनात्मक के–कसरी, कहाँ र कुन रूपमा परिवर्तन भएको छ र नयाँ चिन्तनको सौन्दर्यशाब्त्रीय स्वरूप कुन रूपमा रहेको छ भन्ने विषयमा तुलनात्मक अध्ययन गरेपछि मात्र यस्ता विषयको प्रमाणीकरण स्वीकार्य हुनसक्छ ।
–डा. देवीप्रसाद गौतम, प्रलेस ऐ...ऐ....पृष्ठ  ९४–९६ ।
ड्ड जनचेतना,सङ्गठित चेतनाको विकास, क्रान्ति र परिवर्तनप्रतिको अटल निष्ठा, राज्यरूआतङ्ककको तीब्रतम विरोध ः समकालीन प्रगतिवादी नोली कथामा क्रान्ति र परिवर्तनप्रति अटल आस्थाभावको अभिव्यक्तिका साथै विगत केही वर्षदेखि प्रजातन्त्र र मानवअधिकारका नाममा देशमा छाएको राज्य–आतङ्कको सशक्त चित्रण पाइन्छ । क्रान्तिरूचेत र अटल निष्ठाको माध्यमबाट समकालीन कथाकारहरूले वर्तमान प्रजातान्त्रिक व्यवस्थाको फासीवादी चरित्रलाइए सारगत रूमा नङ्ग्याउने काम गरेका छन् ।........विजय चालिसेको ‘एउटा निर्दोष प्रश्न’‘‘आदि कथाहरूलाई उदाहरणका रूपमा लिन सकिन्छ ।
. –डा. देवीप्रसाद गौतम,प्रलेस, ऐ....ऐ....पृष्ठ १००–१०१ ।
ड्ड सुकुम्बासी समस्या, बाढी पीडितहरूमाथिको शोषण ः समकालीन प्रगतिवादी कथाकारहरूले सुकुम्बासीहरूको समस्याका साथै बाढी पीडितहरूमाथि भएको ठगी कामलाई पनि कथाको विषयबस्तु बनाएका छन् ।यस क्रममा सुकुम्बासीहरूको जग्गा हडप्ने, उनीहरूलाई दुःख दिने र सुकुम्बासीहरूप्रति राज्य सम्वेदनशून्य भएको स्थितिलाई मार्मिक ढङ्गमा प्रस्तुत गरेका छन् । विजय चालिसेको ‘रगतको फूल’ (२०५५)....आदि यस प्वृत्तिका कथाहरू हुन् । यी कथाहरूमध्ये पुलिसको अत्याचारको तीब्रताका साथै समाजका ठूलाठालूहरूबाट सुकुम्बारीहरूको जग्गगा हडप गरी कमलाखोंचको जङ्गलमा सदू र मङ्गलूको वीभत्स हत्या गरिएको मार्मिक वर्णन विजय चालिसेको ‘रगतको फूल’(२०५५मा...गरिएको छ ।
–डा.देवीप्रसाद गौतम,प्रलेस, ऐ...ऐ..पृष्ठ १०७–१०८ ।
ड्ड अहिलेको सन्दर्भमा समकालीन भन्नाले जनआन्दोलनपश्चात् हालसम्मको कालखण्डलाई बुझ्नु समीचिन ठहर्दछ....यस अवधिमा थुप्रै कथाकारका उल्लेखनीय कथासङ्ग्रहहरू प्रकाहित भएका छन् । ....’भग्न आस्थाको खण्डहर’,....आदि कथा–सङ्ग्रहहरू यही दशकभित्र प्रकाशित भएका हुन् ।
–इस्माली, समकालीन नेपाली प्रगतिवादी कथाका प्रवृत्तिहरू, प्रलेस, पूर्णङ्क–१३, वर्ष ७, पूर्णाङ्क १३, फागुन २०५९, प्रलेस, नेपाल, समकालीन नेपाली प्रगतिवादी कथाका पवृत्तिहरू विषयक २०५७ चैत १८ मा भैरहवामा आयोजित प्रलेस, नेपाल, प्रलेस गोष्ठीमा प्रस्तुत कार्यपत्र, पृष्ठ ११४–११७ ।
ड्ड राज्यआतङ्कको तीब्र विरोध ः ....राज्य आतङ्ककको यस्तो त्राशद स्थितिको सजिव चित्रण रमेश विकलदेखि विवस वस्तीसम्मका थुपै कथाकारहरूले गरेका छन् । ....’एउटा निर्दोष प्रश्नविरोध’ लगायत अन्य थुपै कथाहरू मार्फत राज्य आतङ्कप्रति तीब्र विरोध प्रगतिवादी कथाकारहरूले अभिव्यक्त गरेका छन् ।
–इस्माली, प्रलेस, ऐ...ऐ...पृृष्ठ ११८ ।
ड्ड नवचेतनावादी कथा र प्रयोगवादी धाराः नवचेतनावादी कथा आधुनिक नेपाली कथाको प्रयोगधर्मी मोड, धारा र प्रकार हो । यसलाई नेपाली कथाको नवलेखन युग पनि मानिन्छ ।.....यी कथाकारका अतिरिक्त नवचेतनावादी कथाधारालाई सशक्त कथाहरू लेखेर व्याप्ति प्रदान गर्ने अन्य कथाकारहरू हुन्– अनिता तुलाधर.....विजय चालिसे,...हहिर खनाल आदि ।
यी सबै कथाकारहरू परम्परागत मूल्य र मान्यता प्रति विमुख थिए । यिनले साहित्यिक आन्दोलनका माध्यमबाट नवधारणा र नव सृजनालाई गतिशीलता प्रदान गरे ।
–डा. हरिप्रसाद शर्मा, कथाको सिद्धान्त र विवेचना, नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, २०५९, पृष्ठ ९४–९५ ।
ड्ड अन्य नवचेतनावादीस् कथाकारहरूः परम्परावादी कथाकारहरूको परिवर्तित लेखन र नव–कथाकारहरूको प्रयोगवादी लेखनको सहगति प्राप्त गरेर आधुनिक नेपाली प्रयोगवादी कथालेखनले व्यापकता, विस्तार तीब्र गतिसमेत प्राप्त गरेको छ । यस तथ्यलाई दृष्टिगत गर्दा यस लेखनमा सक्रिय हुने कथाकारहरूको निकै लमामो सूची उपस्थित हुन्छ ।यसै गरी आफ्नो नव–कथालेखनद्वारा यस परम्परालाई गतिशीलता प्रदान गर्ने अन्य मुख्य कथाकारहरूमा ......आदिको नाम उल्लेखनीय देखिन्छ । त्यति मात्र होइन यस कथाधाराको विकासमा अन्य कथाकारहरू.......विजय चालिसे, सञ्जय थापा, सन्तोष भट्टराई, सरुभक्त, विश्वम्भर चञ्चल, हरिहर खनाल आदिको पनि महत्वपूर्ण योगदान रहेको छ । यी कथाकारहरू आधुनिक नेपाली कथाको समकालीन लेखनमा पनि सक्रिय छन् ।
–डा. हरिप्रसाद शर्मा, ऐ...ऐ....पृष्ठ २४७–२४८ ।
ड्ड समकालीन कथाहरूः  .....यस कथाधारामा केही नयाँ कथाकारहरूले पनि आफ्नो कथालृखनका माध्यमबाट यस धाराको कथालेखनलाई नवीनता, समसामयिकता र विस्तार दिएका छन् ।यसरी कथा ल्ख्ने कथाकारहरूमा अशेष मल्ल्...खगेन्द्र सङ्ग्रौला....दौलतविक्रम विष्ट, ध्रुवचन्द्र गौतम....रमेशविकल,.विजय चालिसे....आदि ठूलो सङ्ख्याका कथाकारहरू उल्लेखनीय छन् ।
  – डा. हरिप्रसाद शर्मा, ऐ...ऐ....पृष्ठ २७४–५ ।
ड्ड   तीसको दशक प्रारम्भ हुँदाहँदै एउटा शसक्त नयाँ लेखकहरूको जमात तयार भई सकेको थियो, जसका कथाहरूले पाठकहरूलाई नयाँ ढङ्गले तान्न थाले । बीसको दशकमा चलेका विभिन्न प्रयायोगहरूले अलमलिएका पाठकहरूलाई तीसको दशकका कथामा सरता, संप्रषणीयता, सासामयकिता, व्यङ्ग्य र विद्रोहको नयाँपन प्राप्त हुन थाल्यो ।
समकालीन नेपाली कथाहरूले पनि आन्तरिक प्रभाव सामाजिक यथार्थवाद र मनोवैज्ञानिक यथार्थवादबाटै ग्रहण गरेका छन् । तर परिष्किृत शैली, प्रजातन्त्रप्रतिको आग्रह्, शीतयुद्धप्रतिको विरोध आदि कुराहरूले त्यसकालका कथाहरूमा प्रभाव पारेका छन् । किशोर पहाडी, पूर्ण विराम, रमेश गोर्खाली, अशेषमल्ल्, महेश प्रसाईँ, विजय चालिसे, ...नारायण ढकाल...इस्माली,राजव..श्रृषिराज बराल...सञ्जय थापा....आदिका कथाहरूले नेपाली कथालाई समृद्ध बनाएका छन् ।  
–कृष्ण धरावासी, आधुनिक नेपाली कथाः प्रवृत्ति–विश्लेषण, समकालीन साहित्य,नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान, वर्ष १३ अङ्क२ पूर्णङ्क ४८, माघ–फागुन–चैतः २०५९, पृ.
ड्ड विजय चालिसेको एउटा निर्दोष प्रश्नले पतर्थमान नेपालमा विद्यमान अशान्ति र अन्धका।लाई जनाउँछ । रक्षक र भक्षक छुट्टिन गाह्रो छ, यहाँ । अशान्तिसँगै असुरक्षा छ । जनजीवन भयग्रस्त छ, अन्यौलपूर्ण छ । यहाँ निर्दोषहरू त्यसै त्यसै आफैं समाप्त हुनसक्ने सङ्केत हो यो । अन्याय अत्याचारले सभ्यता ढाकिने कथा हो । तर यो विश्वव्यापी व्यथा हो । हतियारको उत्पादनले बनाएको घाउ हो । आजके मानवजातिको एउटा पाटो यन्त्र झैं संव्दनाशून्य छ । यसको औषधि छैन । र यो थिा श्री लङ्काको लागि उचित थियो, अपगानिस्तानको लागि उचित थियो, विश्वको अन्य भागको लागि थियो तर अपसोच गौतम बुद्धको आफ्नौ देशमा पनि उचित भइदियो । रचनाकारले यी थिम पक्रनै पर्छ ।
–डा गोविन्द भट्टराई, समकालीन साहित्य, पूर्णणङ्क ४५, २०५९ पृष्ठ पश्चिमी बलेंसीका बाछिटा शीर्षक नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानद्वारा २०६१मा प्रकाशित ग्रन्थमा सग्रहित ।  
ड्ड निष्कर्षः प्रगतिवादी निवन्धकार रुद्र खरेलको “तोरीलाहुरेको चोकमा एक छिन“ निबन्ध सङ्ग्रह अन्तर्गत रहेका निबन्धहरूको अध्ययन–विश्लेषणको निष्कर्षलाई निम्न रुपमा प्रस्तुत गर्न सकिन्छ ः
क) लक्ष्मीप्रसाद देवकोटा, ह्रृदयचन्द्रसिंह, भैरव अर्याल, श्यामप्रसाद शर्मा, गोविन्द भट्ट, आनन्ददेव भट्ट, पारिजात, रमेश विकल प्रभृत्ति निबन्धकारहरूको परम्परामा नै रुद्र खरेलको जन्म भएको हो भने उनका समवर्ती र परवर्ती प्रमुख प्रगतिवादी निबन्धकारहरू मोदनाथ प्रश्रित,.........विजय चनालिसे.......आदि रहेका देखिन्छन् ।
–डा. जगदीशचन्द्र भण्डारी, पृथक सृजनः पृथक निरुपण समालोचना कृति अन्तर्गत प्रगतिवादी नेपाली निबन्ध परम्परामा “तोरीलाहुरेको चोकमा एकछिन”, २०६० असार, पृष्ठ २४ ।
ड्ड समसामयिक धारा–उत्तरार्ध÷तेश्रो चरणः यस चरणमा पनि लेखिएका कथाहरू हेरिने हो भने साहित्य शक्तिका रुपमा रहेका अनेबक तत्वमा सामाजिक, राजनीतिक, आर्थिकका साथ मनोवैज्ञानिक अन्तर्गत केही पूर्ण यौन कथा लेखिए त केही आंशिक            यौनकथा पनि लेखिए । .....जस्तै विजय चालिसे (२००८) आफ्नो कथा द्रोपदी नियति(गरिमा–पूर्णङ्क २०२–२०५६ पृ.३९–४५० एक शेर्पा संस्कृति चित्रण गर्ने कथा बनाई त्यसभित्र रहेको कुसंस्कृतिलाई उजागर गर्न सफल भएका छन् । युवती योङजेन एक शेर्पिनी । उनको लोग्ने पेमा नुन खेप्न तिब्बत जाँदैछ । फलस्वरुप पेमाका चार भाइसँग आफ्नो शरीर सुम्पी लोग्ने स्वास्नीको क्रियामा लिप्त हुनुपर्ने छ । सांस्कृतिक चेतनामा रहेको यौनविवशताको चित्रण यस कथामा राम्रोसँग भएको छ । यो यौनकथा सांस्कृतिक पृष्ठभूमिमा निर्माण भएको छ र यसले बहुपतिप्रथाको चित्रण गरेको छ ।
–रोशन थापा ’नीरव’, नेपाली यौनकथाको परिदृश्य, मधुपर्क यौनकथा विशेषाङ्क, भदौ २०६०, वर्ष ३६ अङ्क ४, पूर्णाङ्क ४११ पृष्ठ ६८–६९ ।
ड्ड माथि वर्णित यौनकथामा पूर्ण र आंशिक गरी दुई वर्गमा छेट्याएर हेर्दा कतिपय कथाकारहरू मूलतः यौनकथा नै लेख्छु भनेर लेख्ने कथाकारभन्दा अन्य विषयबस्तुमा पारङ्गत कथाकारहरूका कथाहरूमा पनि र्यानविषयक तत्व कसरी सम्पुट भएका छन् र ती कथा कसरी यौनकथासँग यौनकथाको हाराहारीमा उभिन उचित देखिए त्यससम्बन्धी चर्चा गर्ने जमर्को यस लेखनको मुख्य अभीष्ट रह्यो ।
–रोशन थापा, ऐ...ऐ...पृष्ठ ७२
ड्ड बालमनोविज्ञान र भौतिक विज्ञानको कुरालाई सरल भाषामा बालबालिकाई बुझाउनु “मङ्गल ग्रहमा विज्ञान” पुस्तकको मनसाय रहेको देखिन्छ ।
–केदार शाक्य, गोरखापत्र, शनिवासरीय परिशिशिष्टाङ्क, ९ फागुन २०६०पृ घ ।  
ड्ड जोस, जाँगर, प्रोत्साहन र हौसलाको माझामा उभिएर, प्ररणाको धरातलमा टेकेर हामी जब बालसाहित्यको उपायदेयतालाई नियाल्ने प्रयत्न गछौं तब यसको महत्ता यथार्थमैं निकै ठूलो रहेको पाउँदछौं । हो, वास्तवमा त्यही महत्ताको चौतारीमा स्थापित नाम हो विजय चालिसे । जसले बालसाहित्यको क्षेत्रमा समेत पृथक सिर्जनाहरू पस्किएर यस क्षेत्रलाई मलजल प्रदान गर्न ठूलो योगदान दिइरहेका छन् ।
–कार्तिकेय घिमिरे, विजय चालिसेको “मङ्गल ग्रहमा विज्ञान”, युगसम्वाद साप्ताहिक, वर्ष १६ अङ्क ३२, १२ फागुन २०६०, पृष्ठ ६ ।
...यस कृतिले आधा दर्जन पनि नपुगेका नेपाली बाल विज्ञान उपन्यासमध्येको एक बलियो कृतिका रुपमा आफूलाई स्थापित गर्न समर्थ भएको छ । जसका कारण उपन्यास बालमस्तिष्कमा रमाइलो कथानकका माध्यमले विज्ञानका कुराहरू बारे जमानाकारी दिन पनि समर्थ देखिएको छ ।
......लेखकले निकै सन्तुलित तबरले पस्कने प्रयास गरेका छन्। जुन लेखकको बालसाहित्य लेखनप्रतिको लामो अनुभवको समर्पणको प्रंतिफल हो ।
......लेखकले यस कृतिलाई बजारिया रङ्ग दिएर बालबालिकाको सस्तो रुचितर्फ धकेल्नु भन्दा बालसाथीहरूको रुचिलाई समातेर रुचिभित्रै वाीतविक ज्ञान पस्कने जमर्को गरेका छन् । नजाँिदो पाराले पाठक विज्ञानको संवेगसँगै मङ्गल ग्रहबारे जमान्न पुग्दछन । यथार्थमा यही नै प्रस्तुत उपन्यासमा उपन्यासकार चालिसेको बालसाहित्य लेखनका मूल खुबी बन्न पुगेको छ ।
ऐ...ऐ...।

ड्ड सौर्यमण्डलका ग्रहहरू र अन्तरिक्षसम्बन्धी वैज्ञानिकहरूले पत्ता लगाएका तथ्यहरू एक–एक गरी रमाइलो किसिमले यसमा प्रस्तुत भएका छन् ।
–मङ्गल ग्रहमा विज्ञान, मुना २०६० फागुन, वर्ष १४ अङ्क ६, पूर्णङ्क १५९ ।

ड्ड विगत नौ वर्षदेखि जारी माओवादी विद्रोह तथा सशस्त्र द्वन्दको कारण राष्ट्रले धनजनको निकै क्षति सामना गर्नु परिरहेको छ तर यस विद्रोह तथा द्वन्दको मूल कारण सम्बोधन गरी सङ्कटको राजनीतिक समाधान गर्ने तर्फको प्राज्ञिक अभ्यास पर्याप्त छैनन् । माओवादी विद्रोहले मुलुकका अन्य क्षेत्रलाईजस्तै सञ्चार क्षेत्रलाई समेत प्रभावित पारेको छ तथा सूचनाको स्वतन्त्र प्रवाहमा अवरोध तथा सञ्चारकर्मीहरूको अपहरण र गिरफ्तारी हालका र्षहरूमा चिन्ताका विषय बनेका छन् । इस पृष्ठभूमिमा साहित्यक र पत्रकारिता विधामा लामो समयदेखि कलम चलाउँदै आउनुभएका वरिष्ठ पत्रकार विजय चालिसेले निकै मिहिनेतका साथ आमसञ्चार, द्वन्द र आतङ्कवाद, कृति प्रकासनमा ल्याएर सशस्त्र द्वन्द र आतङ्गवादका विविध पक्षलाई पत्रकारिताको सूक्ष्म दृष्टिले खोतल्ने प्रयास गर्नुभएको छ ।
  –रमेश तिवारी, गोरखापत्र शनिवासरीय, वर्ष १०३ अङ्क २९९, २३ फागुन २०६० ।
ड्ड विश्वकै अझ विशेष गरी विकासशील तथा अल्पविकसित राष्ट्रहरूको साझा समस्या आतङ्कवाद र सशस्त्र द्वन्दका विभिन्न घटनाक्रम र आमसञ्चारजगतले ती समस्या समाधानमा निर्वाह गरेका भूमिकाको सविस्तार उल्लेख गरिएको छ– प्रस्तुत कृति ‘आमसञ्चार, द्वन्द र आतङ्कवाद’मा ।
–ऐ...ऐ
ड्ड लेखकले प्रस्तुत कृतिमा द्वन्द र र आतङ्कवादको उत्पत्ति, त्यसको परिभाषा र प्रकार, सामाजिक द्वन्द र हिंसामा सञ्चारजगतको कर्तव्य र प्रभावलगायत नयाँ सशह्राब्दीको प्रारम्भसागै सन् २००१ सेप्टेम्बर ११ पछिको घटनालाई कृतिमा समेटेर द्वन्द र आतङ्कवादसन्दर्भमा आमसञ्चारको दायित्वलाई गहन विश्लेषण गर्नुभएको छ ।
–ऐ...ऐ...
ड्ड माओवादी द्वन्दको थालनी र त्यसपछि द्वन्दको अन्त्य गर्ने प्रयासमा शान्तिवार्ता विपल भएपछि देशमा लगाइएको सङ्कटकालीन अवस्था तथा त्यस अवधिमा प्रेसका सामु तेस्र्याइएको ‘डेमोकल्स्को तर्बार’ र प्रेस नियन्त्रणका गतिवि िप्रस्तुत कृतिमा समेटिएकोले नेपाली परिप्रेक्षमा उत्पन्न चुनौती बुझ्न निकै सजिलो भएको छ– यस कृतिबाट ।
–ऐ.....ऐ....
ड्ड प्रतिबद्धता र आफेनै इमान्दार प्रयासमा लगानी गरी पत्रकारिताका पुस्तकहरू तथा राष्ट्रका जल्दाबल्दा चुनौती सम्बन्धमा प्रकाहन सार्वजनिक गर्ने नगण्य प्रयास भइरहेको स्थितिमा लेखकले अत्यन्त सामयिक विषयमा कृति तयार पारेर प्रेस जगतलाई यस्तै रचनात्मक कार्यमा लाग्नसमेत अभिप्रेरित गर्नुभएको छ– प्रस्तुत कृतिको प्रकाशन यसैको दृष्टान्त हो ।
–ऐ.....ऐ.....
ड्ड यस कृतिमा अन्तर्राष्ट्रिय सन्धि, सम्झौता, र प्रेस स्वतन्त्रताका स्मिा, पत्रकारितामा पेशागत नैतिकतासम्बन्धी अन्तर्राष्ट्रिय सिद्धान्त, पत्रकारिताका आचारसंहिताका पक्षका अतिरिक्त नेपाली सञ्चार क्षेत्रमा विद्यमान कानुनी प्रावधान लगायतका पक्षहरूसमेत समेटिएका हुँदा नेपाली प्रेसप्रति चासो राख्ने प्राज्ञिक क्षेत्र, सञ्चारकर्मी तथा उत्रकारिताका विद्यार्थी र यसप्रति रुचि राख्ने सबैकालागि प्रस्तुत कृति अत्यन्त पठनीय र उपयोगी छ ।
–ऐ...ऐ...
ड्ड नेपाली इतिहासको वर्तमान कालखण्डमा अहिंसाप्रतिका बुद्धको जन्मस्थल नेपालले झण्डै एकदशकदेखि सामना गर्नु परिरहेको रक्तरञ्जित द्वन्दको विविध पक्ष तथा आमसञ्चारको दायित्व बुझ्न कृतिले उल्लेख्य सहयोग पु¥एको छ र यस प्रकारका थप कृतिहरूको भविश्यमा आवश्यकता पनि छ ।
–एै...एै...
ड्ड ‘सानो सुन्दर’ भनेजस्तै कम पृष्ठमा कृतिले राष्ट्रिय, अन्तर्राष्ट्रिय चासोका हरेक पक्षलाई सङ्क्षेपमैं समेटेर बौद्धिक खुराक पस्किएको छ ।
–एै....एै... .        
अन्तवार्ताहरूः
ड्ड जनसत्ता साप्ताहिक,२०५३ असार १९, राम सञ्जेलद्वारा
ड्ड साहित्यकार परिचय र अभिव्यक्ति,जयदेव भट्टराई,पृष्ठ ४९९,६२५–२६,नेराप्रप्र २०५४ ।
ड्ड हिमाल पाक्षिक,भदौ १३–३१,२०५८को कमिक नेपालीमा नपाइने,अङ्ग्रेजी महङ्गो शीर्षक लेखमा कृष्णराज शाहीले मेरो प्रतिक्रिया समावेश गरेका ।पृष्ठ ६० ।
ड्ड नेत्र एटम, सैद्धान्तिक पृष्ठभूमिमा ‘सरुमै रानी‘ लोकगाथाको विश्लेषण शीर्षक लेखमा धमारीको उल्लेख(पृ.३६) का साथै ‘हुडेकेली –एकप्रकारले लोकगाथा) सुरु गर्दा गाइने मङ्गलाचरण भनी विजय चालिसेले दुईओटा नमूना दिएका छन् । यसबाट पनि के स्पष्ट हुन्छ भने कतिपय नेपाली लोकगाथामा मङ्गगल गानको प्रयोग भेटिन्छ‘ भनी उल्लेख गरेका ।
–वाङमय अनुसन्धानमूलक पत्रिका, पूर्णङ्क ११, नेपाली केन्द्रीय विभाग, कीर्तिपुर
ड्ड क्रिएसन साप्ताहिक बालपत्रिका, वर्ष १ अङ्क १६, २०६० असार १ गतेको अङ्कमा प्रेरक व्यक्तित्व स्तम्भ अन्तर्गत गुणराज मुक्तानको अन्तवार्ता लेख ।
ड्ड राष्ट्रिय पथ साप्ताहिक, वर्ष १ अङ्क ४०, २०६० साउन १८ गते मानवीय विकृतिबिरुद्ध साहित्य सिर्जना हुनुपर्छ, साहित्य जीवनको तस्बीर र समाजको चित्र हो शीर्षकमा प्रकाशित विकास खनालको अन्तवार्ता लेख । प्रधान सम्पादक अशोकप्रसाद ढकाल । ...बालसाहित्यकार विजय चालिसेले लेख्नुभएको यो उपन्यास (मङ्गल ग्रहमा विज्ञान) अब पुस्तकको रुपमा पनि पढ्न पाइने भएको छ ।....सौर्यमण्डलका ग्रहहरू र अन्तरिक्षसम्बन्धी वैज्ञानिकहरूले पत्तालाएका तथ्यहरू एक–एक् गरी रमाइलो किसिमले यसमा प्रस्तुत भएका छन् ।...
–मुना, फागुन, २०६०, वर्ष १४ अङ्क ३ पूर्णङ्क १५९ ।
ड्ड नेपाली मिडिया सन्दर्भ ग्रन्थ, २०६०, मार्टिन चौतारी र सामाजिक विकास तथा अनुसन्धान केन्द्रको ग्रन्थमा सञ्चारसँग सम्बन्धित ९ वटा नेपालीका र एउटा अङ्ग्रेजीका लेख तथा पुस्तकहरू सूचीकृत गरिएका ।
ड्ड ......यस्तै प्रकारको मारमा परेको विश्वको आमसञ्चार र नेपालमा बढ्दै गएको आतङ्कवादको र सरकारी सङ्कटकाल एवं नियन्त्रणको चेपोमा परेको पत्रकारिताको छट्पटीको नवीनतम संगालोका रुपमा आएको कृतिको नाम हो– आमसञ्चार, द्वन्द र आतङ्कवाद् । .....नवीन विषयबस्तु समेटेर तयार पारेकमो प्रस्तुत पुस्तकले पत्रकारिता अध्येतालाई ठूलो राहत उपलब्ध गराएको अनुभव गरिएको छ । ...सञ्चार माध्यम र तयसमा आतङ्कवादले पारेको प्रभाव आदिका सम्बन्धमा विवेचनात्मक विश्लेषण गरेका छन् पत्रकार चालिसेले ।
–तुलसी, मधुपर्क, २०६१
ड्ड पाठ्क्रम निर्माण र छनौटको ममामिलामा उल्लेखित नाम( पुष्कर शम्सेर, विजय मल्ल, दैलत विक्रम विष्ट, पोषण पाण्डे, शंकर लामिछाने, कुमार ज्ञवाली, प्रेमा शाह, मोहनराज शर्मा, मदनमणि दीक्षित, बालकृष्ण पोखरेल, परशु प्रधान) बाहेक समकालीन नेपाली कथाका प्रतिनिधि कथाकारहरू भायउन्थी, सनत रेग्मी, म१जु काँचुली, राजव, अविनाश श्र्ष्ठ, ध्रुव सापकोटा, इस्माली, खगेन्द्र सङ्ग्रौला, विजय चालिसे, श्रषिराम बराल, नयनराज पाण्डे, र महेश विक्रम शाह लगायतका कथाकारहरूलाई यस सङ्ग्रहमा नसमेट्नुको कारण पाठ्क्रम निर्माता र संकलकको शाश्त्रीय दृष्टिमा समकालीन नेपाली कथाको मूल्य नहुनु वा समकालीनतासम्मको निजहरूको दृष्टिोण नै नकारात्मक हुनु हो भन्न नसकिने होइन ।
–पुरुषेत्तम सुवेदी, नेपाली कथा भाग ४ र पाठ्यक्रम निर्माण बारे केही चर्चा, ज्योति, साहित्यिक पत्रिका, र्ष १ पूर्णाङ्क १, भदौ २०६१, पृष्ठ ४६ ।
ड्ड बालसाहित्यको क्षेत्रमा निकै लामो समयदेखि कलम चलाउर बाल साहित्यजगतमा आफ्नो पहिचान बनाइसक्नुभएका वरिष्ठ पत्रकार विजय चालिसेको मुस्ता«को गुफा नाम नयाँ उपन्यास प्रकाशित भएको छ । हिमाल पारिको नेपाल भनिने मुस्ता« र त्यसको सदरमुकाम जोमसोम, मुक्तिनाथ जस्ता पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण क्षेत्रलाइए उपन्यास (मुस्ताङको गुफा) को विषयबस्तु बनाएर लेखिएको यो बालसाहित्यले बालबालिकालाई साहसिक कार्य गर्नेृ प्रेरणा प्रदान गर्ने खालको साहित्यिक खुराकका साथै आफ्नो मुलुकको पर्यटकीय क्षेत्रहरूको बारेमा समेत बालबालिकाहरूलाई आकर्षित गर्न अद्दत पवु¥यने निश्चित छ ।
–त्रिभुवनचन्द्र वाग्ले, युवामञ्च, मङ्सिर २०६१, वर्ष १७ अङ्क ६ ।
ड्ड ....यसैगरी रमेश विकल, शान्तदास मानन्धर, भुवनेश्वरी सत्याल, विजय चालिसे, गोविन्दराज भट्टराई सपना, कृष्णद्वीस्प सिग्देल र विजयराज आचार्य आदिले विभिन्न विश्वप्रसिद्ध बालकृतिलाई नेपाली भाषामा अनुवाद गरेर बालपाठकसमक्ष प्रस्तुत गरेको देखिन्छ ।
प्रमोद प्रधान, नेपालीमा अनुदित बाल साहित्यको स्थिति । आवश्यकता, मिर्मिरे मासिक, वर्ष ३३ अङ्क ७, पूर्णङ्क २३०, २०६१ कर्तिक,प्रकाशक नेपाल राष्ट्रबैंक, भीष्मजङ्ग कुँवर, पृष्ठ ८ ।
० क्यारोलको पुस्तकको डा. चूडामणि बन्धु र विजय चालिसेले, .....अनुवाद गरेका छन् । पादरी गङ्गाप्रसाद प्रधानले सुरु गरेको यो अनुवादको क्रमलाई पछिल्ला चरणमा राजेश्वर थापा, शान्तदास, टीकाराम शर्मा पौडेल, व्याकुल पाठक, र मनबहादुर नकर्मी, रमेश विकल, विजय चालिसे आदिले निरन्तरता दिएको देखिन्छ । ....चिनियाँ बाल साहित्यको अनुवादमा रमेश विकल, विजय चालिसे र विजयराज आचार्य तथा....आदि सक्रय देखिएका छन् । ...विजय चालिसेले अनुवाद गरेका बालपुस्तकहरूमा लुइस क्यारोलको अनौठो भूमिमा एसलिस (बाल उपन्यास) र विभिन्न कथाहरूको सङ्ग्रह विश्व प्रसिद्ध कथाहरू (खण्ड १ र २) छन् ।  
ऐ...ऐ...पृष्ठ १३
ड्ड विदेशी भूमिका बारेमा अथवा त्यहीँ बसेर रचिएका कविता, कथा, उपन्यास, आख्यानहरू, जीवनी तथा विविध विधक अनेकौं कृति छन् । ती सबैलाई मिलाएरु प््रत्येक केन्द्रको बेग्लाबेग्लै समालोचनात्मक इतिहास बन्न सक्छ । ... आधुनिक नेपाली साहित्यमा यस विधाका अग्रणी सर्जकमध्ये तारानाथ शर्मा, लैनसिंह वाङ्देल, घनश्याम राजकर्णिकार र विजय चालिसे पर्छन् ।
–डा. गोविन्दराज भट्टराई, नयाँ वाङ्मयिक केन्द्रहरूको विस्तार, कान्तिपुर, २ माघ २०६१।
ड्ड ......विमल कोइराला राखे, विष्णुप्रसाद धिताल राखे । सरदार यदुनाथ खनाल राखे, सोमनाथ सिग्द्येल राखे । श्रीधर खनाल, ह्सामदास वैयणव पनि राखे । मञ्जुलका नयाँ किताबहरू राखे, पुनराना खाल्टोमा हाले । नरशमशेरको जीवनीलाई पनि समालेरै राखे । रमेश विकल फाले, विजय चालिसे फाले, ऋषिराज बराल फाले....।
–नयनराज पाण्डे, निदाएँ जगदम्बा ! –कथा), गरिमा, माघ २०६१, वर्ष २३ अङ्क २ पूर्णाङ्क २६६ । पृष्ठ ३२ ।
ड्ड प्रश्नः अन्य कथाकारहरूमध्ये तपाइँलाई मन पर्ने कोको हुन् र मन पर्नाको कारण केहा?
उत्तरः स्वदेशीमा रमेश विकल, कृष्णप्रसाद पराजुली, शान्तदास मानन्धर, खगेन्द्र संग्रौला, विजय चालिसे आदि मेरा मन पर्ने कथाकारमध्ये पर्नुहुन्छ । उहाँहरूका कथा बालसुभ र ज्ञानबद्र्धक हुन्छन् । वैज्ञानिक दृष्टिले पनि उपयोगी लाग्छन् ।
–जनकप्रसाद हुमागाइसँग शिवहरि बगाले ः हाम्रो बालकथाको भविष्य उज्जवल छ, (गरिा साक्षत्कार),गरिमा, माघ २०६१, वर्ष २३ अङ्क २ पूर्णाङ्क २६६ । पृष्ठ ११९ ।
ड्ड अग्निचक्र, उदय निरौला, गोरखापत्र मंसिर २५, २०६२ पुस्तक समीक्षा ।
ड्ड अग्निचक्र, श्रीओम श्रेष्ठ रोदन, मधुपर्क, २०६२, पुस्तक समीक्षा ।
ड्ड अग्निचक्र, युवामञ्च, मङ्सिर, २०६२, पुस्तक समीक्षा ।
ड्ड अग्निचक्र, साप्ताहिक, बसन्तप्रकश उपाध्याय, पुस्तक परिचय, २०६२ मङ्सिर  गते ।
ड्ड अग्निचक्र, नेपाल समाचारपत्र, विमल भौकाजी, शनिवार २०६२ फागुन ६ ।
ड्ड अग्निचक्र, छायादत्त न्यौपाने वगर, विजय चालिसेको अग्निचक्र, गरिमा वर्ष २४ अङ्क ११, पूर्णङ्क २८७, कात्तिक २०६३ (पृ.७५–८६)
ड्ड सिकार र सिकारीहरू– (द्वन्द्वको दोहोरो पीडानुभूति र सैनिकहरूको चरम अत्याचारके यथार्थ अभिव्यक्ति पृ.५,
–लक्ष्मणप्रसाद् गौतम, (सं). समकालीन नेपाली द्वन्द्वकथा, प्ररवी प्रकाशन, २०६३ ।
ड्ड विजय चालिसेको ‘सिकार र सिकारीहरू’.......देखाइएको छ ।– पृ. ८ ।
––लक्ष्मणप्रसाद् गौतम, (सं). समकालीन नेपाली द्वन्द्वकथा, प्ररवी प्रकाशन, २०६३ ।
ड्ड पृ.२६–लक्ष्मणप्रसाद् गौतम, (सं). समकालीन नेपाली द्वन्द्वकथा, प्ररवी प्रकाशन, २०६३ ।
ड्ड विजय चालिसे समकालीन नेपाली कथाका क्षेत्रमा समाजका विविध पक्षका यथाथइलाई अत्यन्त सजीवताका साथ प्रस्तुत गर्ने कथाकार हुन् । विशेषतः समाजमा व्याप्त हत्यमा, हिंसा, बलात्कार, आदि यावत् विसङ्गतिको चिण्त्रण र यथार्थवादी प्रवृत्ति उनका कथामा पाइने विशेषता हो । उनका कथामा पाइने मुख्य प्रवृत्तिहरू यसप्रकार छन्–
–सामाजिक यथार्थवादी दृष्टिकोण र प्रगतिशील चेतना,
–समाजका बाह्य–आन्तरिक एवम् नकारात्मक पक्षको चित्रणका साथै शोषण र अन्यायप्रतिको विमति,
–द्वन्द्वग्रस्त परिवेशका सन्दर्भमा हुने गरेका बलात्कार, हत्या, आदि सङ्गतिहीनताको विद्रूपताको अभिव्यक्ति आदि । पृ. २०६–२०७ ।
–लक्ष्मणप्रसाद् गौतम, (सं). समकालीन नेपाली द्वन्द्वकथा, प्ररवी प्रकाशन, २०६३ ।
ड्ड अमर गिरी, कथाकार विजय चालिसे र उनको अग्निचक्र, मिर्मिरे मासिक, २५९, वर्ष ३५ अङ्क १२ २०६३ चैत पूर्णङ्क २५९ पृ.२०–२८ ।
ड्ड सुनील पोखरेल, युवामञ्च वर्ष १९ अङ्क १०, चैत २०६३, पृष्ठ ३८–
“नेपाली साहित्यमा शङ्कर लामिछाने, विजय मल्ल, कविताराम श्रेष्ठ, सरुभक्त, रमेश विकल, गोरखबहादुर सिंह, विजय चालिसे, आमोद भट्टराई, रमेश खनाल, मदनमणि दीक्षित, महेश विक्रम शाह, गोविन्दप्रसाद कुसुम, इन्दिरा प्रसाइँ, ओम रिजालजस्ता कथाकारहरूले विज्ञानकथा रचनागरेका छन् । नेपाली विज्ञानकथाका क्षेत्रमा सबैभन्दा बढी कलम चलाउने शरुभक्त हुन् । उनीपछि देखा पर्ने अर्काे महत्वपूर्ण कथाकार विजय चालिसे हुन् ।”
ड्ड ऐ...ऐ... “विज्ञान साहित्यको समालोचनामा कलम चलाउने नेपाली समालोचकहरूमा शरद क्षेत्री, विजय चालिसे, लक्ष्मीशरण अधिकारी र मधुसुदन गिरी मुख्य छन् ।
ड्ड रघु घिमिरे, अग्निचक्र भित्रका विजय चालिसे, रचना द्वैमासिक, वर्ष ४७ पूर्णाङ्क ९३ वैशाख–जेठ २०६४,पृष्ठ ६२–६३
ड्ड पुष्कर माथेमा, मनका तूलिकामा स्मृतिका डोबहरू, गोरखापत्र शनिवासरीय परिशिष्टाङ्क जेठ १२, २०६४, पृष्ठ ३ ।
ड्ड श्रीबाबु कार्की उदास, नियात्रात्मक पुुस्तक, (मनकमा तूलिकामा स्मृतिका विम्बहरू),  शारदा मासिक वर्ष १ अङ्क ६, असार २०६४, पृष्ठ..
ड्ड भाउपन्थी, पठनीय नियात्रा सङ्गालो, (मनकमा तूलिकामा स्मृतिका विम्बहरू),  मधुपर्क साउन २०६४, वर्ष ४० अङ्क ३ पूर्णङ्क ४५८, पृष्ठ १७ ।
ड्ड रमेश गोर्खाली, अग्निचक्रको राजनीतक दृष्टि र परिधि, शारदा भदौ २०६४, वर्ष १ अङ्क ८, पृष्ठ ८०–८४ ।
ड्ड डा. टङ्क न्यौपाने र डा. खेमदहाल, प्रस्तुत यौनकथाः विशेष पूर्वीय सन्दर्भसहित, नेपाली यौनकथा भाग ३, सम्पादक विमल भौकाजी, वाणीप्रकाशन, २०६४ भदौ
ड्ड श्रीकृष्ण गौतम, विजयको पठनीय कृति (मनकमा तूलिकामा स्मृतिका विम्बहरू), गरिमा, वर्ष २५ अङ्क ११, पूर्णङ्क २९९, कार्तिक २०६४, पृष्ठ १५९–१६० ।
ड्ड कृष्णप्रसाद पराजुली, अर्को देउरालीबाट, साहित्य सङ्गम, वाराणसी, पहिलो संस्करण २०६४, पृ. १६३–
विजय चालिसेका बालकथा
आधुनिक नेपाली बालसाहित्यले निकै प्रगति गर्दै छ । यस दिशामा विजय चालिसे नेपाली बालसाहित्यका एक् सशक्त सर्जम हुन् । उनको बालसाहित्यिक योगदान कथा र एकाङ्कीमा मुखरित छ । बालकथामा उनले बालकथालाई चाख लाग्ने कथा लेखेका छन् । नेपाली बालसाहित्यमा एकाङ्कीको अभाव रहेको स्थितिमा एकाङ्की प्रकाशित गरेर पनि उनले राम्रो काम गरेका छन् ।
विजयका कथा र एकाङ्कीमा पाइने विशेषतामा बालकथाहरूमा पाइने चलाखी, होसियारी, र कर्तव्यमा लाग्ने बानी हुन् । तिनमा कतैकतै दन्त्यकथाका बान्की भए पनि आधुनिक परिवेश दिने प्रयास गरिएको देखिन्छ । यी कथा र एकाङ्कीले बालबालिकाहरूको बानीबेहोरा, रहनसहन, आदि दिनाका साथै तिनको स्वस्थ्य, नैतिकता, बौद्धिकता एवं मानसिक क्षमताबृद्धिको स्थितिलाई पनि छोएका छन् । (२०५८ वैशाख, शोधार्थीबाट शोधपत्रको लेखनका क्रममा लिइएको मन्तव्य)    
ड्ड डा. दीपक गौतम, प्रगतिवादी विश्वसाहित्यभित्रको नेपाली कथा परिदृश्य, झिसमिसे साहित्यिक त्रैमासिक, वर्ष २९, पूर्णङ्क ४१ मघ–फागुन–चैत २०६४, पृ.१०, ११,१२–

ड्ड अविनाश श्रेष्ठ (सं), आधुनिक भा।तीय नेपाली कथा,साझा प्रकाशन, २०६४, कथाको कथा, पृष्ठ ३७ः समाजवादी यथार्थवादी धाराः नेपालमा वि.सं. २००७ (सन् १९५०) को जनक्रान्तिपछिका वर्षहरूमा नेपाली कथालेखनमा अर्को एउटा नयाँ धारा थपिन आ०पुग्छ– “समाजवादी–यर्थावादी धारा” धेरैले यसलाई “प्रगतिवादी धारा” भनेर पनि चिनाएका छन् । नेपाली कथामा माक्र्सवादी चिन्तनप्रणलीले वि.सं. २००७ मा प्रवेश पाएपछि नेपाली कथामा विविध रूपमा समाजवादी–यथार्थवादी धाराको थालनी भएको मानिन्छ । हुनलाई समाजवादी–यथार्थवादी धाराका मानिने एकजना प्रमरख कथाकार रमेश विकल वि.संस २००६ (सन् १९४९) मैं गरिब शीर्षकको आफ््नो पहिलो कथा प्रकाशित गरी प्रगतिवादी कथाकारिताको संसारमा प्रवेश गरिसकेका हुन्छन् । यस धाराका प्रमृुख कथमाकार हुन्– रमेश विकल, हृदयचन्द्रसिंह प्रंधान, भवानी घिमिरे, यज्ञप्रसाद आचार्य, मदनकृष्ण प्रसाइँ, गोविन्द लोहनी, कृष्णप्रसाद सर्वाहारा, पासाङ गोपर्मा, वीरेन्द्र खँुजेली, चूडामणि रेग्मी, बल्लभमणि दहाल, डी.पी.अधिकारी, पारिजात, शशिकला शर्मा, जगदीश नेपाली, खगेन्द्र संग्रौला, हरिहर खनाल, ऋषिराज बराल, नारायण ढकाल, विजय चालिसे.....आदि ।

ड्ड विजय चालिसेको मास मिडिया प्रोजेक्सन अफ उमन (सन् २००५) मा विज्ञापनमा यौन सौन्दर्यको प्रभाव र विभेदीकरणबारे प्रष्ट्याउने काम गरिएको छ ।
बालकृष्ण चापार्गाँ, आमसञ्चार र नेपाली भाषा, एसिया पब्लिकेसन, २०६४ , पृष्ठ १२४ ।
ड्ड बालकृष्ण चापागाईँ, आमसञ्चार र नेपाली भाषा, एसिया पब्लिकेसन, २०६४, गोरखापत्र वर्ष १०७, २०६४ वैशाख २४को लेखबाट एक अनुच्छेद उद्धृत, पृष्ठ १५० ।  साथै आमसञ्चारका भाषाः विकृतिबाट मुक्तिको छटपटीमा, गोप जेठ १७ २०५८लाई सन्द्यर्भ सूचीमा उल्ल्ेख, पृ. २२६ ।
ड्ड यसरी तीसको दलकमा लघुकथा–लेखनमा सक्रियता देखापरेको छ  । सङ्ग्रह प्रकाशमा नआए पनि यस अवधिमा फाटफुट रूपमा लघुकथा लेख्नेहरूको सङ्ख्या पनि कम छैन । केही लघुकथा लेख्ने लघुकथाकार यसप्रकार छन्ः .....विजय चालिसे ...।
–कपिल लामिछाने, नेपाली लघुकथा र मकालीन सन्दर्भ, मिर्मिरे, समालोचना विशेषङ्क, वर्ष ३६ अङ्क ११, पूर्णाङ्क २७० फागुन २०६४, पृष्ठ १५६–१५७ ।
ड्ड लघुकथाका छेट्टै सङ्ग्रह प्रकाशित नभएका भइ पनि चालीसको दशकयता थुप्रै लघुकथाकारका लघुकथाहरू पत्रपत्रिकमामा बेलाबखत छाजिएका छन् । यस्ता केही प्रमुख लघुकथाकारहरू यसप्रकार छन्ः .....विजय चालिसे...। यीमध्ये केही चालिसको दशकपूर्वदेखि नै यस क्षेत्रमा कलम चलाइआएका छन् भने केहीले चालीसको दशकदेखि कलम चलाएका छन् ।
–कपिल लामिछाने, नेपाली लघुकथा र मकालीन सन्दर्भ, मिर्मिरे, समालोचना विशेषङ्क, वर्ष ३६ अङ्क ११, पूर्णाङ्क २७० फागुन २०६४, पृष्ठ १६०–१६१ ।
ड्ड समकालीन साहित्यले पूर्णङ्क २५ (२०५३) कममा ३२ वटा कथा, पूर्णङ्क २६ (२०५४) मा ३४ वटा गरी ६६ वटा कथा छापेको थियो । ती सबैकथा पचासको दशकमा लेखिएका थिए । विश्लेषण गर्दा शैली, कथानक, पात्रचयन, विषयबस्तु, घटना, आदिमा देखिएका नवीनता र अपारम्पारिकतालाई औंल्इाउने कार्य भएको छ । यी सङ्ग्रहमा ......विजय चालिसे...का कथाले कुनै न कुनै प्रकारको सीमा भञ्जन गरेका छन् । पुरानो केन्द्रीइ सोच र संरचनालाई नयाँले प्रतिस्थापन गरेका छन् ।
–गोविन्दराज भट्टराई, नेपाली कथामम उत्तरआधुनिकताको प्रारम्भिक सर्वेक्षण, मधुपर्क कथा विशेषाङ्क, पूर्णङ्क ४६८, वर्ष ४१ अङ्क १, २०६५ जेठ, पृ. १० ।
ड्ड द्वन्द्व र युद्धसम्बन्धी कथा लेख्ने कथाकारहरूःः समसामयिक नेपाली द्वन्द्व र युद्धकथा लेख्ने पुराना पुस्ताका, त्यसपछिका पुस्ताका र समकालीन पुस्ताका कथाकारहरू सक्रिय रहेका देखिन्छन् । तिनीहरूको नाम यहाँ उल्लेख गर्न सकिन्छ, जस्तै–....विजय चालिसे..
–मधुपर्क कथा विशेषाङ्क, पूर्णङ्क ४६८, वर्ष ४१ अङ्क १, २०६५ जेठ, पृ. १६ ।
ड्ड समसामयिक द्वन्द्व र युद्धकथाको प्रमुख कथ्यः युद्ध अपराधलाई मूलकथ्य वा विषय बनाएर धेरै कथा लेखिएका छन् । ....विजय चालिसेको सिकमर र सिकारीहरू ...कथामा हत्या, बलात्कार, प्रतिशोध, अपहरण, यातना, जस्ता युद्ध अपराधलाई मूल कथ्य बनाइएको छ । यी कुनै पनि कथाले विवेकसम्मत युद्धलाई देखाएका छैनन् । ...।
मधुपर्क कथा विशेषाङ्क, पूर्णङ्क ४६८, वर्ष ४१ अङ्क १, २०६५ जेठ, पृ. १६ ।
ड्ड मानवीय पशुताः समकालीन द्वन्द्व र यसुद्धकथामा मानवीय पशुताको चित्रण प्रमुख प्रवृत्ति वा विशेषताका रूपमा भएको पाइन्छ । खास गरी....विजय चालिसे...आदिमा यो प्रवृत्ति विशेष उल्लेख भएर देखिएको छ । यी कथाले मान्छेभित्रका क्रुरता, बर्बरता, हिंसात्मकता, प्रतिशोध, बलात्कार, युद्धोन्माद, संवेदनहीनतालाई देखाएका छन् । यी कथाबाट युद्धको कारण मान्छेकै पशता रहेको स्पष्ट हुन्छ । मान्छेका यी दुष्प्रवृत्तिका कारणले नै युद्ध अवश्याम्भावी भएको प्रमाणित हुन्छ ।
–मधुपर्क कथा विशेषाङ्क, पूर्णङ्क ४६८, वर्ष ४१ अङ्क १, २०६५ जेठ, पृ. १७ ।
ड्ड नारीउत्पीडनः नारीउत्पीडनलाई मूल विशेषता वा प्रवृत्ति बनाएर कथा लेँख्नेहरूमा ....विजय चालिसे... आदि उल्लेख्य छन् । यिनीहरूका कथामा युद्धअबस्थामा नारीमाथि भएका अन्याय, अत्याचार, बलात्कार, कुटपिट, आतङ्कजस्ता दुष्कृत्यलाई महत्वका साथ प्रस्तुत गरिएको छ । यी कथाले नारीहरूको विवशता, निरीहता, अकिञ्चनताको मात्र चित्रण नगरेर उत्पीडित नारीमा रहेको विद्रोहको चेतनमाालाई पनि अगाडि ल्याएका छन् ।
–मधुपर्क कथा विशेषाङ्क, पूर्णङ्क ४६८, वर्ष ४१ अङ्क १, २०६५ जेठ, पृ. १८ ।
ड्ड  
ड्ड कुमारप्रसाद कोइराला, समसामयिक नेपाली द्वन्द्व र युद्धकथा, मधुपर्क कथा विशेषाङ्क, पूर्णङ्क ४६८, वर्ष ४१ अङ्क १, २०६५ जेठ, पृ.
ड्ड प्रतिनिधि नेपाली लघुकथाहरू, सम्पादक विनयकुमार कसजु, विवेक शीर्जनशील प्रकाशन, २०६५ को पृष्ठ १९२ मा  एकादेशको एउटा निर्णय र सम्मान शीर्षक दुई लघुकथा सङ्ग्रहित ।
ड्ड यस (नेपाली निबन्धको आधुनिक वा तेस्रो) चरणमा बाङ्देलले सुरुगरेको यत्रालेखनको क्रलाई तारानाथ शर्मा, केदारणि आ.दी., देवीचन्द्र श्रेष्ठ, यादव खरेल, पूण्रप्रकाश नेपाल यात्री, सूव सेन, रमेश विकल, घनश्याम राजकर्णिकार, श्रीकृष्ण गौतम, मञ्जुल, गङ्गाप्रसाद उप्रेती, विजय चालिसे, भीष्मउप्रेती, तेजप्रकाश श्रेष्ठ....आदिले निरन्तरता मात्र प्रदान गरेनन्; यसलाई निजात्मकता, बस्तुगत साथ्र्य र साहित्यिक उत्कृष्टता पनि दिए ।
–प्रमो्द प्रधान, नेपाली निबन्धको इतिहास २०६६, रत्नपुस्तक भण्डार, पृ. २३३ ।  

ड्ड आधुनिक चरणक प्रमुख यात्रानिबन्धकार र तिनका कृतिहरूमा .......यसैगरी म जुलका सम्झनाका पाइलाहरू (२०४४) र जाने होइन दाइ आलापोट ? (२०४७), ......विजय चालिसेका अप्रिलको बेलायत (२०४५) र मनका तूलिकामा स्मृतिकाबिम्बहरू (२०६३)...आदि नेपाली यात्रानिबन्धका उल्लेखनीय कृति हुन् ।
–प्रमो्द प्रधान, नेपाली निबन्धको इतिहास २०६६, रत्नपुस्तक भण्डार, पृ. २३४–३५ ।
ड्ड विजय चालिसे (२००८) साहित्य, पत्रकारिता र प्राध्यापनलाई सँगसँगै अघि बढाउने काठमाडौं, आरुबारीका विजय चालिसेले कथा, उपन्यास, निबन्ध र बालसात्यिलगायतका क्षेत्रलाई आफ्नो साधनाको क्षेत्र बनाएका छन् । पत्रकरतकाको तालिमका लागि बेलायत गएको बेलाको यात्रानुभवलाई लिएर लेखिएको उनको अप्रिलमा बेलायत २०४५ सालमा प्रकाशित भएको छ । अहिलेसम्म सम्भवतः सबैभन्दा बढी यात्रासंस्मरण बेलायतकै लेखिएकाछन् । यस्ता यात्रासंस्मरणमा जङ्गबहादुरको बेलाइतयात्रा, तारानाथ शर्माको बेलाइतिर बरालिँदा, र केदारमणि दीक्षितको हिउँदमा बेलायत चर्चित छन् । यसै क्रममा थपिएको कृति हो– अप्रिलमा बेलायत । यस बाहेक उनको अर्को नियनत्रासङ्ग्रश मनका तूलिकामा स्मृतिका बिम्बहरू (२०६३)  पनि प्रकाशित छ ।
छोटो समयमका लागि बृलायत गएको भएपनि साहित्यकार विजय चालिसेले बृेलायतक विभिन्न पक्षलाई अत्यन्त गहिरोसँग हेरेको तथ्य पहिलो यात्रासंस्मरणकृतिबाट थाहा पाइन्छ । पत्रकार भएका हुनले पनि उनका निबन्धमा सूचनाको आधिक्य त छँदैछ, त्यसबाहेक साहित्यकारको संवेदनशीलता पनि उत्तिकै देखिन्छ । बीस उपशीर्षमा विभाजित यस निबन्धात्मक कृतिमा रहेका निबन्धहरूमध्ये खोई कहाँछ मेरो नेपाल ः, तिमीले पनि बेलायतलाई चिनिनौ तोनेला !, हामी फरक–फरक यसुुद्ध भोग्दै छौं भेरा !,एभोनमाथिको सहर सेक्सपियरको प्रतिबिम्ब, लण्डनमा हराएको एक रातमा निजात्मक अनुभूतिको तीब्रता बढी पाइन्छ । जता गए पनि नेपल्सको भन्ने प्रश्न सुन्दा–सुन्दा हैरान भएका लेखकको राष्ट्रियताको स्वर खोइ कहाँ छ मेरो नेपाल ? निबन्धमा मुखरित भएको छ । तोनेलाा नामकी केटीको पीडादायी कथा हो तिमीले पनि बेलायतलाई चिनिनौ तोनेला ! वास्तवमा यो यात्रा निबन्ध मार्मिक कथाजस्तो लाग्छ । यसमा उनले बेलायतको संस्कृतिको एउटा पाटोलाई उदाङ्ग पारिदिएका छन् । प्रेमलाई खेल सम्झने त्यहाँको संस्कृतिका उपासकहरूका कारण धेरै तोनेलाहरू पीडित हुनुपर्ने तथ्यतर्फ पनि चालिसेले यस यात्रानिबन्धमार्फत सङ्केत गरेका छन् । बेलयतको संस्कृतिको अर्को पाटोलाई उनले मातृत्वः सम्बन्धविच्छेद शीर्षक निबन्धमा देखाएको पाइन्छ । नेपालप्रतिको उनको सम्झनालाई अभिव्यक्त गर्ने अर्काे निबन्ध ब्रिटिस म्युजियम, बुद्धप्रदर्शनी र नेपाली कलाकृति हो । हुन त यो निबन्ध ब्रिटिस म्युजियमको बुद्ध प्रदर्शनीसँग सम्बन्धित छ, तर त्यसँगै उनको नेपाल र नेपाली कलाकृतिप्रतिको चासो र लगाव पनि यसमा अभिव्यक्त भएको छ । बुद्ध नेपालमा जन्मे पनि हामीधकहाँ बुद्ध सङ्ग्रहालय नभएको पीडा पनि उनले यसमा प्रकट गरेका छन् ।
सङ्ग्रहमा भएका अन्य निजात्मक यात्रानिबन्ध हुन्– ‘ अप्रिलको बेलायत, ब्राउनिङका कविता र हिमाली आँखा’, ‘टेम्स, राजहाास र पर्यटक उल्लास’, ‘केम राजहाँस र विमेन्स लिभको केम्ब्रिज’, ‘गुरुगम्भीर केम्ब्रिज र वर्तमानका केही पीडा’, ‘हाँस्ने म वा अक्सफोर्ड ?’,‘बेलायतका दुई धाम’, ‘डिकेन्समय भएर हराउाछौं हाी’ । यस सङ्ग्रहमा रहेका कतिपय रचना प्रत्रन्धात्मक छन् । यस्त रचनाहरूमा ‘एल्जिन मार्बल–विवाद र ब्रिटिस म्युजियमाको अस्तित्व’, ‘बेलायतका प्रसिद्ध दुई राप्रासाद, प्रजातन्त्र र जनकाल्याणकारी राज्य आदि रहेका छन् । यात्रानिबन्धलेखक विजय चालिसेको प्रस्तुत संस्मरणत्मक कृतिमा केही निजात्मकसहितका र केही बस्तुपरतासहितका निबन्ध रहेको छन् र तिनले बेलायतका बारेमा यथार्थ जानकारी र लेखकका निजी अनुभूतिहरूलाई समेत आलेखन गरेका छन् । कथात्मकताका कारण केही निबन्ध अझ रोचक हुन पुगेका छन् । सरल र सहज भाषिक प्रवाहले यात्रानिबन्धलाई बोधगम्य र सम्प्रेषणनीय पनि बनाएको छ । पत्रपत्रिज्ञकातिर पनि उनका थुप्रै यात्रानिबन्ध प्रकाशित भएको देखिन्छ ।    
ीयात्राकार चालिसेको मनका तूलिकामा स्मृतिका बिम्बहरू शीर्षक नियात्रासङ्ग्रहमा देशभित्रका बाह्र र देशबाहिरका बाह्र गरी चौबीस निबन्ध छन् र यी निबन्धका माध्यमबाट उनले यात्राप्रसङ्गसँगै आफ्ना याानुभव र अनुभूतिलाई पनि मिठासपूर्ण शैलीमा अभिव्यक्ति दिएका छन् । उनी कोरा विवरण प्रस्तुत गरेर पाठकलाई झिँझो लगाउँदैनन्, बरु यात्राक्रममा अफूले अनुभूत गरेका कुराहरूलाई महत्ताका साथ आलेखन गर्छन । भ्रमणका क्रममा उनको शरीर त्यहीँ भए पनि मन र मस्तिष्क नेपालसँगै हुन्छ । उनी विदेशको सम्पन्नता र विकासबाट अभिप्रेरित त हुन्छन्, तर देशको स्थितिबाट चिन्तित पनि हुन्छन् । जापानसँग सम्बन्धित परम्परा र आधुनिकताबीच सङ्घर्ष गर्दै छ जापान र हिरोसिमामा मृत्युप्रदर्शन तथा साकुरा, गिसा र आत्मसम्मनको देश जापान निबन्धहरूमा निबन्धकारले प्रशस्त सूचना र तथ्यको प्रस्तुतीका माध्यमबाट वास्तवमा त्यहाँको इतिहास नै पाठकसामु राखिदिएका छन् भन्न सकिन्छ । प्रधानमन्त्रीसँग भारतको फन्को, मेरो मानसको उपनिवेस र रेलको लामो सफर, नासिकमा केही दिन एवम् जातीय संस्कृतिको निर्माणमा जुटेको छ सिक्किम भारतसँग सम्बन्धित नियात्रा हुन् । तीमध्ये पहिलोले प्रानमन्त्री मनमोहन अधिकारीको औपचारिक भारत भ्रमणका बेला विविध प्रसङ्गसँगै अधिकारीको विद्वता, तार्किकता र कूटनीतिक क्षमताकाािरेमा पाठकलाई जानकारी गराउँछ । यस सम्बन्धमा चालिसेको पत्रकार व्यक्तित्व राम्ररी मुखरित भएको छ । सिक्किमसम्बन्धी नियात्राले त्यहाँमका मुख्यमन्त्री पवन चामिलङको सिक्मिलाई विक।्सित र नमुना बनाउने दृढता, र अठोटसहित उनको दृष्टिकोण बारे प्रकाश पारेको छ । तिनसँग सम्बन्धित बेइजिङ, मनमेहन र नमेटिएका डोबहरू  र साङ्घाइमा तीन रातमा पाि उनले यात्रास्थलबारेको जानकारीका साथै अफ्ना् भावना, विचार र अनुभूति पनि प्रस्तुत गरेका छन् । स्वदेशसँग सम्बन्धित यात्रानिबन्धमा दोलखा, चितवन, लुम्बिनी, पोखरा, तौलिहवा, जोकसोम, मुक्तिनाथलगायतका ठाउँका चित्रण र अनुभव छन् । यसमा भएका उनका मुक्तिनाथलागायतका ठाउँका चित्रण र अनुभव छन् । यसमा भएका उनका यात्रानिबन्धहरूमा कर्त–र्क वर्णनात्मकता बढी देखिन्छ भने कतिपय स्थानमा अनुभूतिको जलप अत्यधिक पाइन्छ । सङ्ग्रहका निबन्धहरूका आधारमा भन्ने हो भने उनी यात्राको बेला जहिले पनि एक जिज्ञासुका रूपमा देखिएका छन् ।
विजय चालिसेका पत्रपत्रिकामा प्रशस्त फुटकर यात्रानिबन्ध प्रकाशित भएका छन् । यस्तटा निबन्धहरूमा कालीगण्डकीको सुसेली, धूलोको चादर र यात्राका कोलाजहरू (गरिमा २०५९), कासाङ, सालिग्राम र कालीगण्डकीको सुसेलीमा हावाको नृत्य  (गरिमा २०५९), मुम्बईछेउको साङ्ग्रिला र पुराकथाका बिम्हरू ()मधुपर्क २०६०), अशोकस्तम्भ, पुष्करिणी ताल र मायादेवीको आासु –गरिमा २०६०), सिमानाका घाउहरू (समकालीन साहित् २०६१), आफ्नैबाट उपेक्षित पाल्पा –ज्योति २०६१), मुराइन, तौलिहवा र उन्मुक्तिको खोजी –उन्नयन, २०६२), लालीगुराँसको मुस्कानसँगै डो¥याउने गर्छ दोलखा –आँखा २०६२) आदि रहेका छन् ।  
–प्रमोद प्रधान, नेपाली निबन्धको इतिहास २०६६, रत्नपुस्तक भण्डार, पृ. २७८–२८० ।

ड्ड नारायणबहादुर सिंह, भैरव अर्याल, बालमुकुन्ददेव पाण्डे, केशवराज पिँडाली, कृष्णभक्त श्रेष्ठ र विजय चालिसेजस्ता नेपाली साहित्यका चिरपरिचित हस्तिहरूको सेवासमेत मधुपर्कले प्राप्त गरेकै हो ।

–पुरुषोत्तम सुवेदी, ५०० अङ्कको इतिहास र मधुपर्कका कथा औचित्य, मधुपर्क प्रतिनिधि कथाहरू, सम्पादक पुरुषोत्तम सुवेदी र अन्य, गोरखापत्र संस्थान २०६७ फागुन, पृ. घ ।
ड्ड समकालीन पुस्ताका राजव, मञ्जु काँचुली, इस्माली, अमर शाह, मधुवन पौडेल, तेजप्रकाश श्रेष्ठ, अविनाश श्रेष्ठ, विजय चालिसे, अशृष मल्ल, देवेन्द्रप्रचाप शाह, नाराण्डा ढकाल, ध्रुव सापकोटा.....का कथाहरू पनि यस सङ्कलनमा सामेल गरिएका छन् ।

–पुरुषोत्तम सुवेदी, ५०० अङ्कको इतिहास र मधुपर्कका कथा औचित्य, मधुपर्क प्रतिनिधि कथाहरू, सम्पादक पुरुषोत्तम सुवेदी र अन्य, गोरखापत्र संस्थान २०६७ फागुन, पृ. ङ ।

ड्ड “प्रस्तुत मधुपर्क प्रतिनिधि हास्य–ब्यङ्ग्य निबन्धको सम्पादन गर्ने अभिभारा दिएकोमा गोरखापत्र संस्एथान परिवार र विशेष गरी अध्यक्ष विजय चालिसेज्यूलाई हामी सम्पादक मण्डलका तर्फबाट धन्यवाद नदिइरहन सक्दैनौं ।”
–सम्पादकीय, मधुपर्क प्रतिनिधि हास्य–ब्यङ्ग्य, सम्पादक हेमनाथ पौडेल र अन्य, गोरखापत्र संस्थान २०६७ फागुन, पृ. ७ ।
ड्ड “अर्याल (भैरवप्रसाद अर्याल) को देहावसानपछि यस क्षेत्रमा उदाएका प्रतिभाहरू लोकेन्द्रबहादुर चन्द, हरि बन्दी, सूर्यबहादुर पिवा, दरेन्द्रराज पौडेल, मुकुन्द आचार्य, .......विजय चालिसे, चट्याङ मास्टर, डा. माधव पोखे्रल, चोलेश्वर शर्मा आदि हुन् ।
– जगत उपाध्याय प्रेक्षित, ”हास्यब्यङ्ग्य निबन्ध परम्परामा विशिष्ट प्राप्ति, , ऐ...ऐ...ऐ...पृ. १३–१४ ।

ड्ड विजयकुमार चालिसेको “मेरो हाकिम बन्ने सपना” प्रशासनिक क्षेत्रप्रति ब्यङ्ग्य गरिएको निबन्ध हो र यसमा हाकिम बनेर सोझा, निमुखा कर्तव्यपरायण र निश्छल कर्मचारीहरूमाथि थिचोमिचो र शोषण–उत्पीडान गरेर हैकम चलाउने शासकीय दुष्प्रवृत्तिप्रति ब्यङ्ग्य छ ।    
– जगत उपाध्याय प्रेक्षित, ऐ...ऐ...ऐ...पृ. १६ ।

ड्ड अन्त्यमा यस्तो महत्वपूर्ण सत्कार्य गर्ने गोरखापत्र संस्थान, यसका अध्यक्ष वरिष्ठ साहित्यकार एवम् पत्रकार विजय चालिसे, यसका सङ्ग्रहको सम्पादकको गुरुत्तर अभिभारा वहन गर्नुहुने साहित्यकार एवम् प्रध्यापक हेमनाथ पौडेलका साथै मधुपर्क मासिकका सम्पादकहरू श्रीओम श्रेष्ठ, तुलसीहरि कोइरालालगायतका मित्रहरू धन्यवादका पात्र हुनुहुन्छ ।
–जगत उपाध्याय प्रेक्षित, ऐ...ऐ...ऐ...पृ. १९ ।
ड्ड नेपालीमा शङ्कर लामिछाने र विजय मल्लले प्रारम्भमा विज्ञानकथालाई स्थापित गराएका थिए भने अहिले कविताराम, सरुभक्त, विजय चालिसे आदिले विज्ञानकथालाई आख्यानको मूल धारमा स्थापित गर्ने प्रयास जारी राखेका छन् ।
–नेत्र एटम, नेपाली विज्ञानकथाः सिद्धान्त र प्रयोग, गरिमा मङ्सिर २०६८, वर्ष २९ अङ्क १३, पूर्णङ्क ३४८ पृ. १०० ।
ड्ड साहसिक विज्ञानकथामा नाटकीयता सिर्जना गर्नका लागि आविष्कारलाई उपयोग गरिन्छ । यसले कथाको समस्यालाई समाधान गर्न पनि स्क्छ वा झन् ठूलो समस्या निम्त्याउन पनि स्क्छ । यसको मुख्य सरोकार नयाँ आविष्कारले कथानकका घटनालाई कसरी असर गर्छ भन्नेमा देखिन्छ । .......नेपालीमा विजय चालिसेको प्रलयको तयारीमा यस्तो कथा हो किन भने यसको पात्र केदार हिमयुगको चिसोबाट बच्न तातो खोज्दै आफूले आविष्कार गरेको क्याप्सुलमा बसी पृथ्वीको केन्द्रतिर हिँडेको छ ।
–नेत्र एटम, नेपाली विज्ञानकथाः सिद्धान्त र प्रयोग, गरिमा मङ्सिर २०६८, वर्ष २९ अङ्क १३, पूर्णङ्क ३४८ पृ. १०५ ।
ड्ड विज्ञानकथाले हामीलाई भविष्यका बारेमा सोच्न बाध्य गराउँछ । .......विजय चालिसेले विज्ञानको कैदी कथामा देखाऐजस्तो टाइमक्याप्सुलभित्र बसेर पृथ्वीको गर्भमा लुक्न जानु पर्ने अबस्था आयो भने ? र्पथ्वी, मानव र यसको सभ्यतासित सम्बन्धित भविष्यका बारेमा यस्ता अनेकौं प्रश्नहरू विज्ञानकथाले पाठकका मनमा जन्माउँछ ।..........
–नेत्र एटम, नेपाली विज्ञानकथाः सिद्धान्त र प्रयोग, गरिमा मङ्सिर २०६८, वर्ष २९ अङ्क १३, पूर्णङ्क ३४८ पृ. १०५ ।
ड्ड प्रयोग प्रत्यारोपणः विजय चालिसे, यो विज्ञान कथा हो ...।
–नेत्र एटम, नेपाली विज्ञानकथाः सिद्धान्त र प्रयोग, गरिमा मङ्सिर २०६८, वर्ष २९ अङ्क १३, पूर्णङ्क ३४८ पृ. १०८–९ ।
ड्ड विज्ञानकथामा स्म्भव हुने खलका वैकल्पिक इतिहास, समय, बस्तु आदिका प्रक्रियाका बारे वर्णन गरिन्छ तर स्वैरकल्पनाले कहिल्यै हुन नसक्ने खालका बस्तुको वर्णन गर्दछ । ......विजय चालिसेले प्रलयको तयारीमा हिमयुगको आगमन हुने सन्दर्भ तर पृथ्वीको हिमयुग त करोडौं वर्षअघि बितिसकेको छ । हिउँबाट बच्न वैज्ञानिक केदार क्याप्सुलमा बसेर सपरिबार पृथ्वीको केन्द्रतिर जान्छ किन भने सतहमा भन्दा पृथ्वीको केन्द्रमा बढी तातो हुन्छ । अरु कथामा पृथ्वीबाट अन्य ग्रह वा अन्तरिक्षमा शरण लिन गएको देखिन्छ तर यसमा वैकल्पिक बाटो खोजिएको छ .....।
–नेत्र एटम, नेपाली विज्ञानकथाः सिद्धान्त र प्रयोग, गरिमा मङ्सिर २०६८, वर्ष २९ अङ्क १३, पूर्णङ्क ३४८ पृ. ११० ।
ड्ड विज्ञानकथाका लेखकहरू बालसाहित्यदेखि नै सचेततापूर्वक लागिरहेका छन् । यस सन्दर्भमा कविताराम, गोरखबहादुर सिंह, विजय चालिसे, विनयकुमार कसजु, ध्रुव घिमिरे, कपिल लामिछाने आदिको सक्रियता प्रशंसनीय देखिन्छ ।....। समसामयिक कथामा आफ्नो दरो परिचय देखाइरहेका विजय चालिसे र सूभक्तका अतिरिक्त......आदि पनि विज्ञानकथामा प्रवेश गर्नु उत्साहबद्र्धक सङ्केत हो ।
–नेत्र एटम, नेपाली विज्ञानकथाः सिद्धान्त र प्रयोग, गरिमा मङ्सिर २०६८, वर्ष २९ अङ्क १३, पूर्णङ्क ३४८ पृ. १११ ।
ड्ड नेपाली विज्ञानकथाका बारेमा भएका समालोचनाको चर्चा गर्दा बासु रिमाल यात्रीको गौंथलीको गुँडः एक दृष्टि (मधुपर्क, २०२७) बाट प्रारम्भ गर्नुपर्छ ।.......विजय चालिसेका विज्ञानकथा र नेपाली विज्ञानकथा अध्भ्ययनको आवश्यकता (दायित्व, २०६१), र विज्ञान कथासाहित्य र नेपालको स्थिति (साकालीन साहित्य, २०६८).....सम्म आइपुग्दा आशाका नयाँ किरणहरू देखिएका छन् ।
–नेत्र एटम, नेपाली विज्ञानकथाः सिद्धान्त र प्रयोग, गरिमा मङ्सिर २०६८, वर्ष २९ अङ्क १३, पूर्णङ्क ३४८ पृ. १११ ।
   
ड्ड विजय चालिसे (२००८) विजय चालिसेक होटल राँकीमा हत्या (२०३१) , अनि कुइरो फाट्छ (२०३६) शीर्षक उपन्यास प्रकाशित छन् । यिनको पहिलो उपन्यास लहोटल राँकीमा हत्या जासुसी विषयबस्तुमा अधारित सामान्य उपन्यास भएकोले नेपालस् उपन्यास फाँटमा यसको खासै योगदान छैन । विजय चालिसेको अनि कुइरो फाट्छ विभिन्न भागमा विभाजन गरि परम्परित ढङ्गले नै कथानकको सङ्गठन निर्माण गरिएको सामाजिक विषबस्तुमा आधारित उपन्यास हो । यसम दुर्गम पहाडी ग्रामीण क्षेत्रमा व्याप्त अशिक्षा, गरिबी, असमानता, जातीय विभेद, अन्याय, अत्याचार, शोषण, आदि विविध सन्दर्भको प्रस्तुती पाइन्छ । पुरानो पुस्ताको यथास्थितिवादी चिन्तत र नया पुस्ताको परिवर्तनगामी चिन्तन प्रस्तुत गरिएको यस उपन्यासमा यी दुई चिन्तनकाबीच द्वन्द्व गराई पुरानो पुस्तालाई परिवर्तनको पक्षमा ढालिएको छ यसमा सामाजिक आर्थिक असमानताको अन्त्य र शिक्षाको बिस्तार गर्नुपर्ने दृष्टिकोण पनि प्रस्तुत गरिएको छ । विभिन्न वर्गीय सहभागीा माध्यमबाट घटना प्रस्तुत गरिएको यस उपन्यासमा दुर्गम पहाडी ग्रामीण परिवेश चित्रित छ । पुरानो विचारको बाबु र नयाँ विचारको छोराबीचमा द्वन्द्व गराएर छेरालाई विजय गराइएको यस उपन्यासमा अन्तर्जातीय विवाहलाई पनि स्वीकार गर्ने वातावरण सिर्जना गरिएको छ । दुर्गम गाउँमा समेत शिक्षाको ज्योति फैलाएर अन्धकाररूपी कुहरो टाउनु पर्ने तथा सामाजिक आर्थिक असमानता र शोषण अन्त्य गरिनुपर्ने उद्देश्यद्वारा अभिप्रेरित यस उपन्यासमा आलोचनात्मक दृष्टिकोण प्रस्तुत गरिएको छ । पात्रको स्तर अनुसारको सरल भाषा, र वर्णनात्मक एवं संवादात्मक शैलीमा दलेखिएको यो उपन्यास सहज पठनीय छ । सामाजिक विषयबस्तुलाई आलोचनात्मक ढङ्गले प्रस्तुत गरी वर्गीय असमानता र सामाजिक दशोषणको अन्त्य गर्ने तथा शिक्षाको विकास गरी समाजलाई नवीनतातर्फ अग्रगति प्रदान गर्ने चिन्तनके प्रस्तुती पाइने यस उपन्यासलाई आलोचनात्मक यथार्थवादी कित्ताको उपन्यास मान्न सकिन्छ ।
–डा. खगेन्द्र लुइँटेल,  नेपाली उपन्यासको इतिहास, २०६९, नेपाल प्रज्ञा–प्रतिष्ठान, पृष्ष्ठ २०३ ।
ड्ड नेपाली उपन्यासमा आलोचनात्मक यथार्थवादी धारास्ँग सम्बद्ध प्रमुख उपन्यासकारल र तिनका उपन्यासहरू निम्नलिखित छन् ः खण्ड्बहादुर सिंह, विद्रोह (२०११, २०१३) र हुरीको चरा (२०१५); ........विजय चालिसे, अनि कुइरो फाट्छ (२०३६), ......आदि ।
–डा. खगेन्द्र लुइँटेल,  नेपाली उपन्यासको इतिहास, २०६९, नेपाल प्रज्ञा–प्रतिष्ठान, पृष्ष्ठ ३४४–३४६ ।
ड्ड तेस्रो चरण (२०२१ द्येखि २०३५ सम्म) इन्द्रबहादुर राइो आज रमिता छ (२०२१) उपन्यासबाट अस्तित्ववादी–विसङ्गतिवादी लेखनको थालनी भई पारिजातको शिरीषको फूल (२०२२) उपन्यासबाट विस्तारित हुँदै अगिल्लो चरणसँग छुट्टिएको यस रणको विस्तार ध्रुवचन्द्र गौतमका उपन्यासले स्पष्ट स्वरूप प्राप्त नगरुन्जेलसम्म भएको छ । ....उपन्यासलेखनका दृष्टिले यो चरण महत्वपूर्ण रहे पनि यस वधिमा नाम चलेकै लेखकहरूले पनि छद्यम नामबाट रहस्य–रोमान्समूलक जासुसी तथ सस्ता खाले श्रङ्गारिक प्रेमप्रणयमूलक उपन्यास प्रशस्तै ल्खी माध्यमिककालीन प्रवृक्तिलाई नै निरन्तरता दिँदै नेपालस् उपन्यासलएई ह्रासा्न्मुखितातर्फ धकेलेके देखिन्छ । यस्ता कतिपय नकारात्म प्रवृत्ति हुँदा हुँदैपनि अस्तित्ववादी–विसङ्गतिवादी धाराको प्रवर्तन र विकास यस चरणको सर्वाधिक महत्वपूर्ण योगदान हो । इन्द्रबहादुर, हरिहर शास्त्री, पारिजात, .......रमेश विकल, भीमचरण थापा, विजय चालिसे,.....आदि यस चरणका प्रमुख उपन्यासकार हुन् ।    
–डा. खगेन्द्र लुइँटेल,  नेपाली उपन्यासको इतिहास, २०६९, नेपाल प्रज्ञा–प्रतिष्ठान, पृष्ष्ठ ३८६–३८७ ।
ड्ड २.३.३.३. दोस्रो मोडः समाजवादी यथार्थवादी÷प्रगतिवादी धारा (२००६ देखि) र यस धाराका कथाकार एवम् प्रवृत्ति– आधुनिक नेपाली कथासाहित्यका यथार्थवादी धाराहरूमध्ये समाजवादी–यथार्थवादी वा प्रगतिवादी धारा पनि प्रमुख धाराका रूपमा रहेको देखिन्छ । .....रमेश विकलबाट सुरु भएको समाजवादी यथार्थवदी वा प्रगतिवादी धारामा कलम चलउने कथाकारहरूले सामाजिक असमानता, वर्गीय द्वन्द्व र आर्थिक शोषणको विरोत्र गरेर कथा लेखेका छन् । ....यस धाराभित्र रहेर कथा लेख्ने प्रमाुख कथाकारहरू र तिनका कथाकारिालाई कथा प्रकाशनको कालक्रमका आधारमा तल विवेचना गरिन्छ ।.....विजय चालिसे (२००८) नेपाली कथाक क्षेत्रमा देखा परेका समसामयिक धाराका प्रभावशाली कथाकार हुन् । २०३० को गोरखापत्रमा कुहिरोमा रुमल्लिएको जिन्दगी शीर्षकको कथा प्रकाशित गरेर आफ्नो कथायात्रा थालेका चालिसेको कथायात्राको अवधि करिव चर दशक हुन लगेको छ । साहित्यका विभिन्न विधामा कलम चलाउने विजय चालिसे कथाविधामा स्थापित नाम हो । २०३० को दशकबाट कथालेखनमा प्रवेश गरेका विजय चालिसेका प्रकाशित कथासङ्ग्रहहरू यस प्रकार छन्ः
१. त्रिविध (सह. २०४४)
२. प्रयोग÷प्रत्यारोपण (२०४७)
३. भग्न आस्थाको खण्डहर (२०५६)
४. अग्निचक्र (२०६२)
प््रगतिवादी कथाार विजय चालिसेका कतिपय कथामा माक्र्सवादी वैचारिक चित्ननका साथै वर्गीय चित्रण पाइन्छ भने कतिपय कथामा युगीन यथार्थको प्रकटीकरण पाइन्छ । केही कथामा संवेदनात्मक स्थितिको चित्रण र समकालीन नेपालको सामाजिक तथा राजनीतिक परिस्थितिको विसङ्गत पक्षहरूको चित्रण छ । परम्परावादी सोच र पुरातन संस्कारमाथि व्यङ्ग्य गरी लेखिएका उनका अधिकांश कथामा विकृत राजनीीतक अवस्थाको चित्रण पनि पाइन्छ । समाजका विविध पक्ष्ँहरूलाई प्रस्तुत गर्दै मानवीय द्वन्द्वको सशक्त रूपमा चित्रण गर्ने कथाकार विजय चालिसे विद्रोही चेतना भएका कथाकार हुन् । मानिसका आस्था र विश्वासहरू विखण्डित हुँदै गएको मानवीय संवेदनहीनता र रानजीतिक विकृतिले ल्याएको मानवीय मूल्यको विघटनको कारण आहत मानसिकताबाट नै विजय चालिसेका कथाहरू लेखिएका देखिन्छन् । कलात्मक र प्रभावकारी भाषामा लेखिएका उनका कथामा गरिबीको पीडा, नारीले भोग्नुपरेका परतन्त्रता, आर्थि विन्नता, भ्रष्ट नेताका चरित्रजस्ता अन्तवर्गस्तुहरू समेटिएका देखिन्छन् ।
मानवीय जीवन र सङ्घर्षका विविध पाटालाई दार्शनिक रूपबाट हेर्दै कथाका माध्यमबाट अभिव्यञ्जित गर्ने कथाकार चालिसेका कथामा युगबोध, सामाजिक समयको पीडा, आक्रोश, व्यक्त भएको देखिन्छ । सामाजिक कथाका साथसाथै उनका अधिकांश कथाहरू राजनीतिक विषयको पृष्ठभूमिमा लेखिएका देखिन्छन् । युगयुगकी जानकी, हर्को केही बुझ्दैन, द्रैपदी नियति, रगतको फूल, सपना र भ्रान्ति आदि उनका उत्कृष्ट कथा हुन् । नेपाली कथाका क्षेत्रमा विजय चालिसे सशक्त कथाकारका रूपमा चिनिन्छन् । समाजका विङ्गत र बिब्लाँटा परिस्थितिहरूलाई उनका कथाले देखाएका हुन्छन् । घटना, पात्र, परिवेश, र भाषाका बीचको सन्तुलनका दृष्टिले त्रिविधभित्रका कथाहरू केही दुर्बल देखिए पनि अन्य सङ्ग्रहका कथाहरू सबल र सशक्त छन् ।            
–डा. लक्ष्मणप्रसाद गौतम, ज्ञानु अधिकारी, नेपाली कथाको इतिहास, नेपाल प्रज्ञा–प्रतिष्ठान, पृ. ९५–१०२ ।
ड्ड २.३.३.६ पाँचौं मोडः उत्तरआधुनिकतावादी बहुलवादीधारा (२०४० को दशकयता) क प्रवृत्ति ः अशेष मल्ल...विजय चालिसे...आदि धेरै कथाकारहरूमा कुनै न कुनै रूपमा उत्तरआधुनिकतावादी बहुलवादी प्रवृत्ति पाइन्छ । यीमध्ये कतिपय कथाकारका अधिकांश कथाहरूमा यस किसिमको प्रवृत्ति देखिन्छ भने कतिपय कथाकारहरूका केही कथामा मात्र यो प्रवृत्ति देखिन्छ ।
 –डा. लक्ष्मणप्रसाद गौतम, ज्ञानु अधिकारी, नेपाली कथाको इतिहास, नेपाल प्रज्ञा–प्रतिष्ठान, पृ. २४८–२५१ ।
ड्ड च्बवभकज म्बजब,ि, द्यययप च्भखष्भध,  त्जभ च्ष्कष्लन ल्भउब िक्भउतझदभच द्दड, द्दण्ज्ञद्द ।
ड्ड नेपाली विज्ञानआख्यानकोइतिहासमा रमेश विकलको किशोर उपन्यास ‘विक्रम र नौलो ग्रह’, बालउपन्यासहरू विजय चालिसेको ‘मङ्गल ग्रहमा विज्ञान’, र कविताराम श्रेष्ठको ‘पानीको थोपा र सृष्टिको पुराण’ कथासङ्ग्रहहरूमा सरुभक्तको ‘पदार्थको गीत ’, ‘छोरी बह्माण्ड’ आदि करनबहादुर शाहको ‘आँधो सर्पको खोजी’ आयिद र फूटकरमा शार्दूल भट्टराईको ‘रोबोटिक’ र किशन थापा‘अधिर’को ‘आवाज’ आदि पनि कल्पना र यथार्थलाई सन्तुलित भएर कुशलतापूर्वक बुनिएका क्रमशः नाटक र कथा हुने भने विजय चालिसेको कथा ‘सायद प्रेम मरेको छैन’, पनि त्यही हो । रमेश विकल, विजय चालिसे, कविताराम श्रेष्ठहरूका कथाले नेपाली विज्ञानआख्यानको श्रीवृद्धिमा उल्लेखनीय योेगदान पु¥याका छन् । ...यता विजय चालिसे विज्ञान–आख्यानकारका रूपमा मात्र होइन, यस विधाका अध्येता एवम् विचारकका रूपमा पनि स्मरणीय छन् ।
– डा. ईशान गौतम, विज्ञान र साहित्य, समकालीन साहित्यमाघ, फागुन चैत– २०६८, वर्ष १ पूर्णाङ्क ६७, प्रज्ञाप्रतिष्ठान, पृ. ८३–९३ ।  



 

No comments:

Post a Comment