Friday, April 26, 2013

आफ्ना बारेमा लेखिएका समालोचना र चर्चा टिप्प्णीहरू


आफ्ना बारेमा लेखिएका समालोचना र चर्चा टिप्प्णीहरू

ड्ड नेपाली साहित्यको इतिहास,डा.तारानाथ शर्मा,पृष्ठ २०३ (उपन्यासको उल्लेख),२०३९ ।
ड्ड नेपाली साहित्यको इतिहास,दयाराम श्रेष्ठ,मोहनराज शर्मा,पृष्ठ–७६,१००,१२४,१७६,संस्करण २०४० ।
ड्ड समसामयिक साझा कथा २०४१,पृष्ठ ५,साझा प्रकाशन ।
ड्ड पञ्चायत रजतजयन्ती विशेषांक,पनिजाबुस,२०४२ ।
ड्ड नेपाली कथा साहित्यमा चौथो दशकतिर कतिपय राम्रा कथाकारहरू झुल्किएका छन् । ती बीच राजव,विजय चालिसे, विजय बजिमय,किशोर कुँवर,किशोर पहाडी,इस्माली,गोविन्द गिरी प्रेरणा ....जस्ता विविध छन् ।
–रमेश गोर्खली,आकार,वर्ष ७ पूर्णङ्क २४,२०४१ पुस,पृष्ठ ४ ।
ड्ड यसर्थ राजवका समवर्तिहरूमा विजय चालिसे,इस्माली,किशोर कुँवर, पहाडी,गोवन्द      गिरी, बासु बराल,पूर्ण विराम,अशेष मल्ल,ध्रुव मधिकर्मी,सनत रेग्मी र दिनेश सत्यालहरू राम्रा देखिन्छन् ।
–रमेश गोर्खाली,आकार, ऐ...ऐ....पृष्ठ ७ ।
ड्ड ग्रमीण र नगर (परम्परागत एवं अधुनातन) सथ्यउका सशक्त प्रतीक र यसको बिंडो थामेका महारथि मान्न सकिने रमेश विकलका औरस विजय चालिसेको के विडम्बना छ भने राम्रो लेख्ता यी अभिभावकीय संरक्षणसित संलग्न मानिन्छन् र फितला ह’ँदा भने छिट्टै दोषारोपित हुन्छन् ।
–रमेश गोर्खाली,आकार, ऐ...ऐ....पृष्ठ ७ ।
ड्ड विभिन्न पत्रपत्रिकामा रोचक यात्रा संस्मरण प्रकाशित गर्नेहरूमा वानिरा गिरी,विजय चालिसे,जगदीश घिमिरे विशेष उल्लेखनीय हुनुहुन्छ ।
–गङ्गाप्रसाद उप्रेती,स्मृतिका छालमा इटाली,२०४४ फागुन ।
ड्ड विजय चालिसेका कथाले विशेष व्यापक परिवेष समेट्न खोजेका देखिन्छन् । बस्तुतःः उसका कथाहरूमा पनि मानवजीवनका उही करुण र संघर्षमय पक्षलाई नै सामाजिक पृष्ठभूमिमा रेखाङ्कन गर्ने प्रयत्न भएको छ,तर पनि यनिमा सामान्य दैनन्दिन पीडा,व्यथा र ‘ंघर्ष भन्दा अलि विशेष वरपर च्याउने जमर्को देखिनछ ।
–रमेश विकल,त्रिविध,भूमिका,२०४४ माघ २ ।
ड्ड चालिसेका कथाहरूमा सङ्घर्षस्थल अर्थात परिवेशलाई बढी महत्व दिएका हुँदा कथाकारका रुपमा उनको प्रमुख विशेषता पनि परिवेश अर्थात भौतिक यथाथएका प्रकटीकरण देखिन्छ ।
–मोहनराज शर्मा, त्रिविध,भूमिका,२०४४ पुस २५ ।
ड्ड विजयका कथाले जनस्तरलाई छुँदै मानवीय समस्याको मार्मिक पक्ष र विश्वशान्तिको चाहनालाई समेत व्यक्त गरेका छन् ।...विजयको कलम परिवेशलाई शसक्त र जीवन्त पार्ने दिशामा विजयी हुन खोजेका छन् ।
–कृष्णप्रसाद पराजुली, त्रिविध,भूमिका,२०४४ ।
ड्ड समग्रतः र मूलतः विजय चालिसेको कथा संसारमा मानवीय संवेदनाको तीब्रतम अभिव्यक्ति भएको पाइन्छ । समसामयिक मानवीय समस्याको सेरोफेरोमा विजयका कथाहरू सीमित छन् तर ती कथाहरूमा कथात्मकताको अभाव छैन ।
–डा.रामदयाल राकेश,“त्रिविध”का तीन कथाकार,जन्मभूमि साप्ताहिक, २०४४चैत १४ ।
ड्ड २०३० साल पछिका वर्षमा कथा क्षेत्रमा देखिने चालिसे समाज मनोविज्ञानका मूल्यहरूलाई जीवनसँग समन्वित गरेर उतार्ने कथाकार हुन् । नेपाली र नेपाली इतर समाजका सांस्कृतिक र सामाजिक मूल्यहरूमा चालिसेका कथाबाट आवश्यकताभन्दा बढ्ता कथात्मक कला प्रस्तुत गर्न सफल भएका छन् । चिन्तन र विश्लेषणका दृष्टिले प्रगतिमूलक मूल्य प्रस्तुत गर्ने चालिसे पनि नेपाली कथा जगत्मा एक सचेत र प्रखर प्रतिभाका रुपमा उपस्थित भै सकेका छन् भन्ने तथ्य उनका कथाले प्रमाणित गर्छन् ।  
–राजेन्द्र सुबेदी,रचना द्वैमासिक,वर्ष २४ अङ्क ५ बैशाख–जेठ२०४५ ।
ड्ड चालिसेका कथाहरूले नेपालको आञ्चलिक र लोकस्तरका विकृतिलाई हाम्रो वर्तमानको सामाजिक कुसंस्कारका विकृतिलाई हाम्रो वर्तमानको रोगमा रुपमा स्वीकारिएको छ । हाम्रो वर्तमान विनाशको भड्खारोतिर पुगिसकेको कुरा चालिसेका कथाले उपस्थित गराएका छन् ।
–राजेन्द्र सुबेदी,रचना,ऐ...ऐ...।
ड्ड चलिसे सांस्कृतिक र प्रान्तीय सामाजिक संस्कारलाई कलात्मक रुपमा प्रदान गर्छन् । ...चालिसेमा मनोवैज्ञानिक उथलपुथलको मात्रा बढी छ । ....चालिसेले परिवेशलाई र समसामयिक यथार्थलाई सजीव रुपमा उतार्न कथातत्व खर्चेका छन् ।
–राजेन्द्र सुबेदी,रचना,ऐ...ऐ...।
ड्ड भषा,शैली,प्रस्तुतीकरण र विषयबस्तु चयनलाई दृष्टिगत गर्दा विजय चालिसे एक सफल निबन्धकारका रुपमा चिनिनुभएको छ ।...बेलायत बारे लेखिएका नियात्राका अन्य पुस्तकभन्दा यसलाई कलातमक प्रस्तुती,भावुकता र रोचक शैलीले सिंगारिएको छ ।
–विवेकानन्द(किशोर कुँवर),साँग्रिला त्रैमासिक,पूर्णङ्क २१,चैत–बैशाख–जेठ २०४५÷२०४६ ।
ड्ड बेलायती यात्रानुभवलाई आधार बनाइ लेखिएको यो कृति ताना शर्माको बेलायततिर बरालिंदाको दौतरी मात्र होइन कतिपय प्रसङ्गमा त्यसलाई पनि उछिनेको अनुभव गहिरिएर पढ्दा हुन्छ ।
–रघु घिमिरे,रचना द्वैमासिक,वर्ष २५ अङ्क ४ बैशाख–जेठ २०४६ ।
ड्ड नेपालको घनिष्ठ र पहिले दौत्य सम्बन्ध भएको देश बेलायतमा नेपालको अस्तित्व कतै नउाउँदा र पाएकै ठाउँमा पनि भारतसँग गाँसिएकोमा लेखकले धेरै निबन्धमा चित्त दःुखाएका छन् ।....बदलिंदो परिस्थिति र बेग्लाबेग्लै ल्ेखकका भोगाइहरूलाई यसले आफ्नै किसिमले पाठकसमक्ष पु¥याउने छ ।  
–आचार्य(आनन्दराम),गोरखापत्र,शनिवासरीय,जेठ २१,२०४६ ।
ड्ड बेलायत घुमेर नेपाल हेर्ने विजय चालिसे राष्ट्रवादको रुद्रघण्टी घाँटीमा टाँसेर मात्र चट्पटाउँछन् ।....भाषा,शैली,प्रस्तुती र अझ साँचै भनौं भने परिष्कृतिले पनि ‘अप्रिलको बेलायत’ आकर्षक छ ।विजय चालिसेका अन्य कृतिका तुलनामा यो निकै अघि छ र सम्पन्न छ । सरलतासँग स्वभाविकता भएको यो यात्रा विवरण बेलायतका कैयौं ऐतिहासिक,साहित्यिक र सांस्कृतिक कुराको प्रमाणका लागि बनेको छ ।...विजय चालिसे एक सफल नियात्राकार भएका छन् ।
–अच्युत रमण अधिकारी,मधुपर्क,वर्ष २२ अङ्क ३,पूर्णङ्क २४२,साउन २०४६ ।
ड्ड पाठकले अप्रिलको बेलायत पढ्दा आफ्नो देश नेपाल र कुनै समयको विश्वविजेता बेलायतको संस्कृति,रहनसहन,चालचलन र व्यवहारिक जीवनका विविध पक्षहरूको विषमता र समताको एकैसाथ सरस र सरल किसिमबाट जानकारी पाउँदछ ।
–सञ्जय,गरिमा मासिक,वर्ष ७ अङ्क ७,पूर्णाङ्क ७,असार २०४६ ।
ड्ड यस चरण (दोश्रो चरण ः नवीन संरचनाका कथा) मा उल्लेखनीय कथा लेख्ने मध्ये महत्वपूर्ण केही कथाकारहरूले निम्नलिखित समयदेखि कथा लेख्न थालेको पाइन्छ ः ......विजय चालिसे २०३०......।
–मोहनराज शर्मा,नेपाली कथाको विकास,मधुपर्क,कथा अङ्क मंसिर २०५० ।
ड्ड आज बेलायतका बारेमा लेखिएका अन्य केही नेपाली यात्राका कृतिले पनि बेलायतप्रतिको हाम्रा यात्राकारहरूको चाखलाई प्रष्ट्याएकै छन् । हिउँदमा बेलायत,बेलायततिर बरालिँदा,अप्रिलको बेलायत आदिजस्ता कृतिलाई यसको उदाहरणको रुपमा प्रस्तुत गर्न सकिन्छ ।...यात्रासाहित्यका उल्लेख्य नाउँहरू.....विजय चालिसे....अदिका नाम लिनसकिन्छ ।...मञ्जुल,निर्मोही व्यास,विजय चालिसे,वानिरा गिरी,घनश्याम राजकर्णिकार र सुधा त्रिपाठी पछिल्ला समयका यात्राकार हुन् ।...विजय चालिसेको अप्रिलको बेलायत ...नेपाली यात्रा साहित्यका उल्लेख्य कृतिहरू हुन् ।
–कृष्ण प्रधान,नोली यात्रासाहित्यको विकासक्रम,मधुपर्क,निबन्ध अङ्क भदौ २०५१ ।
ड्ड राजा गगनी राजको यात्रा नै हालसम्म थाहा पाइएको प्रथम यात्रा संस्मरण हो । त्यसपछि जङ्गबहादुरको बेलायत यात्रा देखा परेको छ । यसपछि थुप्रै लेखकहरू यस क्षेत्रमा देखा परेका छन् । चिरत्तजीवि पौडेल......रमेश विकल,मञ्जुल,श्रीकृष्ण गौतम,देवीचन्द्र श्रेष्ठ,सुब सेन, निर्मोही व्यास,धर्मराज थापा,गङ्गाप्रसाद उप्रेती,जनकलाल शर्मा,विजय चालिसे,सुधा त्रिपाठी,भीष्म उप्रेती आदिले यात्रा सन्दर्भका पुस्तकाकार कृति प्रदान गरेर यस फाँटलाई क्रमशः उर्वर बनाउँदै लगेका छन् ।
–सुधा त्रिपाठी,बेलायत यात्रा निबन्धमा थप पाइलो,प्रलेस,वर्ष ४ अङ्क ५,साउन–असोज २०५३,पृष्ठ ६४–६५ ।
ड्ड ..यस्तै भरतजङ्गमको कालो सुर्य(२०३६),वामदेव पहााडीको कैदी र झ्यालखाना(२०३६),विजय चालिसेको अनि कुइरो फाट्छ(२०३६),वासुशशीको फूल ओइलाएपछि(२०३९) ले नेपाली उपन्यासको फाँटलाई अगाडि बढाउन निकै मद्दत गरेको देखिन्छ ।
–रामप्रसाद दाहाल,सिङ्गो नेपाली भाषासाहित्यको इतिहास र साहित्यकारहरूको परिचय,२०५४,पृष्ठ १७३ ।
ड्ड यस्तै निनु चापागाइँ,रुद्र खरेल,माधवराज आचार्य,कृष्ण प्रसाइँ,विजय चालिसे,मञ्जु तिवारी,किशोर कुँवर लगायत हजारौं युवा प्रतिभाहरू आधुनिक नेपाली कथाको विकास गरान लागि परेका छन् ।
–रामप्रसाद दहाल,ऐ...ऐ...पृष्ठ १८४ ।
ड्ड वर्तमान दुई दशकदेखि आधुनिक नेपाली निबन्धमा सक्रिय रुपमा देखा परेका निबन्धकारहरूमा मोहनराज शर्मा,राजनारायण प्रधान,....। ....विजय चालिसे आदिलाई पनि लिन सकिन्छ ।
–रामप्रसाद दहाल,ऐ...ऐ...पृष्ठ १९४ ।
ड्ड चर्चित लेखिका पारिजातको एक कठिन निष्कर्ष,विजयकुमार चालिसेको प्रेरणाको अन्त्य र शंकर कोइरालाको नसा(२०४४) उल्लेखनीय एकाङ्कीहरू मान्न सकिन्छ ।
–रामप्रसाद दहाल,ऐ...ऐ...पृष्ठ १९८ ।
ड्ड विजय चालिसे ः विसं २००८ सालमा काठमाडौं जिल्लाको आरुबारीमा जन्मन पुगेका विजय चालिसेले शिक्षा र साहित्यको क्षेत्रमा योगदान दिंदै आएका छन् । गोरखापत्रसँग सम्बद्ध यिनले विद्यालयदेखि महाविद्यालयसम्म प्राध्यापन पनि गरेका छन् । विभिन्न पत्रपत्रिकमामा लेख रचना छपाउने,सम्पादन गर्ने,यिनका झण्डै एक दर्जन पुस्तकहरु प्रकाशित भएका छन् । यिनका होटेल राँकीमा हत्या(२०३१),अनि कुइरो फाट्छ(२०३६),अनौठो देशमा एलिस(२०५५)जस्ता उपन्यास र बाल उपन्यासहरू प्रकाशित भएका छन् । यस्तै त्रिविध(२०४४),प्रायेग–प्रत्यारोपण(२०४७), कथा संग्रहका रुपमा प्रकाशित भएका छन् भने अप्रिलको बेलायत हिमाली आँखा(२०४५) यात्रा साहित्यको रुपमा प्रकाशित भइको छ । यस बाहेक पनि डोटेली संस्कृति र साहित्य,दयालु राजकुमार,अनौठो भूमिमा एलिस,समाचार लेखन तथा संपादनजस्ता कृतिहरू प्रकाशित भएका छन् । हाल पनि यिनको कलम विभिन्न समसामयिक विषबस्तुमा सक्रिय रुपले चलिरहेको छ ।
–रामप्रसाद दहाल,ऐ...ऐ...पृष्ठ ३७४ ।
ड्ड यस बीचमा विजय चालिसेको डोटेली लोक साहित्य....जस्ता कतिपय ज्ञातअज्ञात व्यत्ति र कृति प्रकाशमा आएका छन् ।
–पूर्णप्रकाश नेपाल यात्री,लोक साहित्य अध्ययन,गरिमापूर्णङ्क १९०,असोज २०५५ ।
ड्ड पूर्णप्रकाश नेपालले अप्रिलको बेलायतका बारेमा उनको नेपाली साहित्यमा नियात्रा विधा शीर्षक लेख,झुल्का १,साहित्यिक द्वैमासिक,संपादक विपिन आचार्य,शारदीय प्रकाशन २०५५ पृष्ठ ३० मा उल्लेख ।
ड्ड कथाकार विजय चालिसे कथा उपन्यास,बाल साहित्य,पत्रकारितानजस्ता फाँटमा चर्चित नाउँ हो । निरन्तर आफ्नो सैद्धान्तिक अडानमा रहेर आफ्नो साधनालाई अगाडि बढाउने विजयको लघुकथा हो ‘एउटा अर्को श्रवण कुमार’। यसमा आमाबाबुलाई अरुणको बाढीले लगेको पचासहजार पाउने आशाले दङ्ग परेको हर्को आमाबाबु जीवित फेला पर्दा दःुखी बनेको तथ्य देखाइएको छ । गरीबीले कस्तो भूमिका खेल्छ भन्ने यथार्थ यस कथाले प्रभावकारी रुपमा चस्स विझ्ने गरी प्रस्तुत गरेको छ ।
–घटराज भट्टराई,शब्दपथ कथाविशेषांक,संपादक विनोद मञ्जन,गायत्री विष्ट,वर्ष २,अङ्क ३,माघ २०५५,पृष्ठ ग ।
ड्ड कथामा प्रयोग ः माफी–मेरो साँचो र उपेक्षित मेरो म ! मलाई माफ गर ।
–विजय चालिसे,एउटा आत्मस्वीकृति मृत्युको शैय्याबाट ।
 –मोहनराज शर्मा,समकालीन समालोचना सिद्धान्त र प्रयोग,नेराप्रप्र,प्रथम संस्करण,२०५५,पृष्ठ... ।
ड्ड समयको जुन कालखण्डमा जे–जस्ता घटना–प्रक्रियाबाट तत्कालीन जीवन–परिवेश अधिकाधिक रुपमा प्रभाविचत हुने गर्छ त्यो त्यतिबेलाको प्रतिनिधि यथार्थ बन्न पुग्छ । साहित्यका लधु आयामिक विधा कथा,निबन्ध,संस्मरण आदिमा यसको प्रतिविम्ब टडकारो रुपमा देखिनुले पनि वर्तमानको प्रतिनिधि यथार्थ भनेको जनसमर सिर्जित यथार्थ हो र समकालीन कथा लेखन पनि यसै दिशा तर्फ अभिमुख छ भन्ने पुष्ट्याइँ मिल्छ । ...दृष्टान्त नै अघि राखेर भन्नुपर्दा अहिलेसम्म जनसमर सिर्जित यथार्थका साथै राज्य आतङ्ककको प्रतिविम्ब भएका दर्जनौं कथा विभिन्न पत्रपत्रिकामा छापिइसकेका छन् भने कतिपय कथा स्रष्टाले संग्रह समेत प्रकाशित गरिसकेका छन् । यस सन्दर्भमा ...विजय चालिसेको ‘एउटा निर्दोष प्रश्न” ...आदि उल्लेख्य रहेका छन् ।
–गोपीन्द्र पौडेल,समकालीन कथा लेखनका प्रबृत्ति र दिशा,कलम १९,वर्ष ६ अङ्क ३,सम्पादक ः कृष्णसेन इच्छुक,डा.ऋषिराज बराल,मणि थापा,जेठ–असार–साउन२०५५ पृष्ठ ८० ।
ड्ड तात्तातो वर्तमानको चर्चा गर्दा जनसमरका साथै राज्य आतङ्कको प्रतिविम्ब समकालीन लेखनमा सर्वाधिक रुपमा भएको देयखन्छ ।...जनसमर सिर्जित यथार्थका साथै राज्य आतङ्ककको प्रतिविम्ब भएको कथाको उल्लेख गर्दा ....विजय चालिसेको “एउटा निर्दोष प्रश्न”...अदि देखिन्छन् ।
–गोपीन्द्र पौडेल,कलम,ऐ...ऐ...पृष्ठ ८३ ।
ड्ड १....२०३० सालपछि एउटा नयाँ पिंढी कथालेखनको क्षेत्रमा सिक्रय रुपमा देखा पर्छ र यो पिंढीले कथालेखनलाई आन्तरिक संसारबाट सामाजिक संसारमा लान महत्वपूर्ण भूमिका खेल्दछ । नारायण ढकाल,अशेष मल्ल,राजव,ऋषिराज बरालmइस्माली,सनत रेग्मी,भागीरथी श्रेष्ठ,विजय चालिसे यो चरणका उत्तराद्र्धको महत्वपूर्ण कथाकार हुन् । यिनै कथाकारहरूले २०३६ साल पछि कथालेखनलाई एउटा नयाँ गति र दिशा प्रदान गरेका छन् ।
ड्ड २.२०३६ साल अघिदेखि कथा लेख्ने कथाकारहरू नारायण ढकाल,राजव,श्रषिराम बराल,इस्माली,किशोर पहाडी,विजय चालिसे अझ सशक्तताका साथ यस अवधिमा देखा पर्छन ।
–प्रधान संपादक ः ऋषिराज बराल,नेपाली कथा ऐतिहासिक सर्वेक्षण,नेपाली कथा भाग ३,साझा प्रकाशन,पृष्ठ ९ र १० ।
ड्ड नवयुगीन धारा (२०३०–२०३६) ः ....कथाकारहरूमा प्रयोगशीलताको प्रबृत्ति देखाप¥यो,अर्थात नयाँ नयाँ शैलीका कथाहरूद्वारा कथा परम्परामा गतिशील चरित्र देखाप¥यो । समयले ल्याएकोपरिवर्तित मूल्यका साथै अन्तर्राष्ट्रिय परिस्थितिको प्रभावस्वरुप हाम्र कथाकारहरूले ेपाली कथाको संरचना र रुपविन्यास दुबै पक्षलाई द्रूत गतिमा गतिमान गराए । यस नवयुगीन धाराका अन्य प्रतिभाहरू थिए–पुष्कर लोहनी,परशुप्रधान,हरिहर खनाल,सन्तोष भट्टराई,कविताराम,मञ्जु तिवारी,काँचुली,वनमाली निराकार,गोपाल पराजुली,किशोर पहाडी,विजय चालिसे,इन्दिरा प्रसाइँ,ध्रुव मधिकर्मी,लव गाउँले,नारायण ढकाल,इस्माली,आदि नवयुगीन धारा आत्मगत यथार्थ तर्फ उन्मुख अपेक्षाकृत बढी दार्शनिक धारा हो । यस धाराले कालसंबद्ध जीवनलाई नयाँ दृष्टिकोणबाट परिभाषित ग¥यो । गम्भीर चिन्तन र वैचारिक द्वन्दको प्रतिफल यस धाराका कथाहरूमा पाइन्छ ।
समसामयिक धारा  (२०३७–    ) ः आधुनिक नेपाली कथाके इतिहासमा यो समसामयिक धारा अघिल्लो नवयुगीन धाराकै विस्तारित रुप हो,ता पनि यसको आफ्नै स्वरुप रहेको पाइन्छ ।.....यस धारामा नवयुगीन धाराकै कथाकारहरूको ठूलो योगदान रहेको छ ।
–संपादक मण्डल ः ईश्वर बराल,कृष्णचन्द्र सिंह प्रधान आदि,नेपालस्ी साहित्य कोष,नेराप्रप्र,प्रथम संस्करण २०५५ पृष्ठ १७९ ।
ड्ड १.आधुनिक नेपाली कथा २०३५ साल पछिको अवधितिर आइपुग्दा कथाका मूल प्रबृत्तिहरूविविध विसङ्गति र विविध जीवन मूल्यलाई समीकृत गर्ने तर्फ देखिएका छन् ।अर्को अर्थमा भन्नुपर्दा–जीवनका सामयिक मूल्यलाई स्थापना गर्ने,मानवीय चरित्रमाथि थपिन आएका अमानवीय चरित्रको निराकरण गर्ने प्रबृत्तिलाई यस अवधिका कथाहरूले अनाबृत्त गरेको पाइन्छ । यस्ता कथा तथा कथाकारहरूमा ....विजय चालिसे लगायत अमरकुमार प्रधान,तेजप्रकाश श्रेष्ठको त्रिविध, विजय चालिसेको प्रयोग–प्रत्यारोपण (२०४९)...अदि प्रमुख देखिन्छन् ।
ड्ड २.प्रगतिशील कथा लेखनका फाँटमा पनि केही श्रष्टाहरू विशेष क्रियाशील भएका देखिन्छन् । यस्ता कथाकारहरूमा ....विजय चालिसे....आदि प्रतिभाहरू विशेष उल्लेखनीय देखिन्छन् ।
–भुवन अकिञ्चन,कथाको सैद्धान्तिक परिचय र विकास प्रक्रिया,हाम्रो पुरुषार्थ,कथा विषेशांक वर्ष २६,अङ्क २,सम्पूर्णङ्क ३८,बैशाख २०५६,पृष्ठ १४१,प्रकाशक किरण पुस्तकालय,तम्घास गुल्मी ।
ड्ड १.यस्तै यही साल (२०४७)मा प्रकाशित आन्दोलनस्पर्शित अन्य कथाहरू जसमा विद्रोहको सोझो रुपमात्र देख्न पाइन्छ हुन्—घरमा जासुसी(शङ्कर कोइराला),जुलुस ( भागीरथी श्रेष्ठ),यी दिन ÷एक (इस्माली),जुलुस (वासु बराल),टु डे फागुन नाइन्टीन (विश्वम्भर चञ्चल),प्रति शहिद –शङ्करकुमार श्रेष्ठ),स्वतन्त्रताको मूल्य (विजय चालिसे ) । यी कथाहरू पढ्दा विद्रोहशील कुराहरू पाठक सामु कसरी राख्नुपर्छ भन्ने कथाकारहरूले बिर्सिएजस्तो लाग्छ ।
ड्ड  २.नेपाली कथकमा २० पछि ३० को दशकलाई मोटामोटी  रुपमा हेर्दा कुण्ठा र नैराश्यताको ावना,शङ्का र सन्त्राशको स्वर बढी सुनिन थाले पनि दिनेश सत्याल,नारायण ढकाल,ऋषिराज बराल,नन्दराम लम्साल,रत्न कोजु,इन्दिरा प्रसाइँ,विजय चालिसे, नारायण तिवारी,केनाङ्ग,देवीका तिमल्सिना,राजेश्वर थापा,लव गाउँले,विजय वजिमय,रमेश गोर्खाली इथ्यादिका कथाहरूमा पवरिवेश प्रतिको दृष्टिकोण अत्यन्त चनाखो र सजग भेटिन्छ ।
–किसन थापा अधिर,आजको नेपाली कथा ः एक सर्वेक्षण,प्रज्ञाा ९०,असार–असोज २०५६,पूर्णङ्क ९०,वर्ष २९,पृष्ठ १०६ ।
ड्ड समसमयिक धारा( २०३७देखि हालसम्म)का कथाकारहरूले जीवनका सामयिक मूल्यलाई स्थापना गर्ने, सामाजिक संरचामा प्रचलित विकृति र विसंगतिलाई विरोध गर्ने मानवीय चरित्रमाथि जोडिन आएका अमानवीय चरित्रको निराकरण गर्ने प्रवृत्ति नै समसामयिक धाराका मूलभूत विषेषता हुन् । आञ्चलिक प्रवृत्ति उन्मुखता, प्रगतिशील चेतनाको तीब्रता, विश्वजनीन सन्दर्भहरूप्रतिको सचेतता र बौद्धिक चेतनाको अभिव्यक्ति यस धाराका मौलिक प्रवृत्ति हुन् । समसामयिक धारा नवयुगीन धाराको विस्तारित रुप मानिन्छ । यस धारालाई पनि माक्र्सवादी र गैह्र माक्र्सवादी गरी दुई वर्गमा विभाजित गर्न सकन्छि । माक्र्सवादी उपधाराका प्रमुख कथा र तिनका कथाहरू निम्न बमोजिम उल्लेख गर्न सकिन्छ– .....प्रयोग ÷प्रत्यारोपण, विजय चालिसे......। यस उपधाराका कथाहरूमा पमुख रुपमा सामाजिक, सांस्कृतिक मानकप्रति वितृष्णा, समतामूलक समाज निर्माणको आग्रह, विसङ्गति र विकृतिमूलक परिवेशप्रपत व्यङ्ग्य, प्रगतिशील चतनाको तीब्रता,र स्वतन्त्रताप्राप्तिका निम्ति सङ्घर्ष र विद्रोह ।  
ड्ड अहिले पनि प्रगतिशील कथाहरूको राम्रो उपस्थिति छ– समग्र नेपाली साहित्यकै कथा इतिहासमा । त्यति मात्र होइन,प्रतिबद्ध प्रगतिवादी कथाकारहरूको पनि उल्लेख्नीय उपस्थिति छ । रमेश विकल,पारिजात,खगेन्द्र संग्रौला,हरिहर खनाल,नारायण ढकाल,राजव,विजय चालिसे,ऋषिराज बराल,घनश्याम ढकाल,लगायत कतिपय प्रगतिशील कथाकारहरूको दह्रो उपस्थिति छ–नेपाली कथा साहित्य मैं ।
–इस्माली,कथाको बारेमा कथाकारहरूको अभिमत,सहयात्री त्रैमासिक,वर्ष २ अङ्क २,पूर्णङ्क २,बैशाख २०५७ । (यसैमा विजय चालिसेकको पनि अभिमत प्रकाशित) ।
ड्ड प्रमोद प्रधान,नेपाली बालसाहित्यको इतिहास,बगर प्रकाशन,बैशाख २०५७ ः
पृष्ठ १५,१२१, र १५२–डोटेली लोक संस्कृति र साहित्य, सन्दर्भ ।
पृष्ठ ः२८,६६–दयालु राजकुमार
पृष्ठ ः २९–बालकथा प्रमुखमध्ये ।
पृष्ठ ः ३० –बालएकाङ्की प्रमुख लेखक मध्ये ।
पृष्ठ ः५८–बादलका बुट्टाहरू बालनाटक बारे चर्चा “बालबालिकाहरूको रुचि अनुकूलताको प्ररणदायी विषबस्तु,सरल स्पष्ट संवाद,सरल भाषा र थोरै पात्र यस नाटक संग्रहका विशेषता हुन् ।
ड्ड पृष्ठ ः६२–बालोपयोगी जीवनी शीर्षकमा केही वरिष्ठ समाजसेवी अन्तर्गत चर्चा ।
ड्ड पृष्ठ ः६७–अनुवादबाल साहित्य अन्तर्गत अनौठो भूमिमा एलिसको चर्चा ।
ड्ड पृष्ठ ः१३८–नेपाली बाल पत्रिकाको विगत र वर्तमान शीर्षकमा मुनाको संपादकका रुपमा उल्लेख ।
ड्ड पृष्ठ ः१५५– देखि १५७,१५९,१६१–हराएको मूर्ति,बादलका बुट्टाहरू,दयालु राजकुमार, अनौठो भूमिमा एलिस र हाम्रो वरिपरिको विज्ञानको उल्लेख ।
ड्ड प्रमोद प्रधान, नेपाली बालसाहित्यको इतिहास, दोस्रो संस्करण–२०६१ –ंिववेक शीर्जनशील प्रकाशन प्रकाशन प्रालि ः
ड्ड पृष्ठ २४ः कृष्णप्रसाद पराजुली आस्थाको आयाम ग्रन्थ २०४६, सन्दर्भ ।
ड्ड पृष्ठ ३० र ३९–४०, ४१,ः डोटेली लोक संस्कृति र साहित्य, सन्दर्भ ।
ड्ड पृष्ठ ५२ः –दयालु राजकुमार, मङ्गल ग्रहमा विज्ञान, मुस्ताङको गुफा
ड्ड पृष्ठ ५४–५५ः बालकथा क्षेत्रमा विजय चालिसे ।
ड्ड पृष्ठ ५५–५६ः बालएकाङ्की–नाटकका क्षेत्रमा, बालोपयोगी जीवनीका क्षेत्रमा र अनुवादका क्षेत्रमा विजय चालिसे ।
ड्ड पृष्ठ ९६–९७ः बालकथाकार विजय चालिसेको विवेचना
ड्ड पृष्ठ १०९ मङ्गल ग्रहमा विज्ञान, मुस्ताङको गुफ, १११, ती दुबै उपन्यासका बारेमा चर्चा
ड्ड पृष्ठ ः ११५ –बालएकाङ्की प्रमुख लेखक मध्ये, बादलका बुट्टाहरू बालनाटक बारे चर्चा ।
ड्ड पृष्ठ ः१२१, १२३–बालोपयोगी जीवनी शीर्षकमा केही वरिष्ठ समाजसेवी अन्तर्गत चर्चा ।
ड्ड पृष्ठ १२९ः चित्रकथा÷चित्रपुस्तक दयालु राजकुमार बारे चर्चा,
ड्ड पृष्ठ १३६–१३७ः अनुवाद बालसाहित्य बोर चर्चा– अनौठो भूमिमा एलिस, विश्वप्रसिद्ध बालकथा १ र २ ।
ड्ड पृष्ठ २५७ः नेपाली बाल पत्रिकाको विगत र वर्तमान शीर्षकमा मुनाको संपादकका रुपमा उल्लेख ।
ड्ड पृष्ठ २६९ः नेपाल बासास बापुस्तक पुरस्कारको चर्चा
ड्ड पृष्ठ २७२ः साझा बालसाहित्यपुरस्कारको चर्चा
ड्ड पृष्ठ ः२५९ः बालकथा, २९७ उपन्यास, २९८ बालएकाङ्की, २९९ बालजीवनी, ३०० चित्रकथा, ३०७ अनुवाद बालसाहित्य, ३११ विविध बालसाहित्य र सन्दर्भ अन्तर्गत पृष्ठ ३१४मा डोटेली लोकसंस्कृति र साहित्यका १४ वटा पुस्तकहरूको उल्लेख ।
ड्ड कृष्णप्रसाद पराजुली, देउरालीबाट, २०६७, कथाकार र कथा त्रिविध, पृ.२६४–२६८ ।
ड्ड इसी तरह नेपाली साहित्य अन्तर्गत भी विशेषकर अङ्ग्रैजी और रुसी भाषमें ही बालसाहित्यका नेपाली अनुवाद किया गया है । इस दिशामें विश्वम्भर चञ्चल,प्रा.चूडामणि बन्धु,विजय चालिसे आदि ने प्रशंसनीय कार्य किया है ।
–प्रा.डा. उष ठाकुर,सार्थकताकी तलाशमें आजका बाल साहित्य,हिमानी,वर्ष २ अङ्क २, अप्रिल–जुन १९९९,काठमाण्डूसे प्रकाशित हिन्दी त्रैमाशिक ।
ड्ड सत्यपरक र इमान्दारीपूर्वक प्रतिविम्बन गर्ने लेखकहरूलाई यस(आलोचनात्मक यथार्थवादी दृष्टिकोण) प्रबृत्ति अन्तर्गत राख्न सकिन्छ । यस्ता लेखकहरू माओवादी विद्रोहको सार्थनमा खुलेर नआए पनि अहिलेको वर्ग युद्धको सन्दर्भमा देखिएको यथार्थको सत्यपरक अभिव्यक्ति गर्ने तथा राज्य आतङ्ककको विरोध गर्ने काममा इमान्दारीका साथ प्रस्तुत भएका पाइन्छन् ।राज्य आतङ्ककको तीब्र विरोध गर्दै घुमाउरो पाराले जनताको संघर्षको कथा र गाथाहरू प्रति समर्थन भाव देखाउने प्रबृत्ति यस कोटिका लेखकहरूमा पाइन्छ । आत्माराम शर्मा,विवश वस्ती,तेजप्रकाश श्रेष्ठ,विजय चालिसेका कतिपय कथाहरू यस प्रबृसत्त अन्तर्गतका कथाहरू हुन् । अझ आलोचनात्मक प्रबृत्तिलाई उच्चतम रुप दिने कथाकारका रुपमा रमेश विकललाई अघि सार्न सकिन्छ । विजय चालिसेको रगतको फूल,रमेश विकलको ककराको लाश,विवश बस्तीको भीरमौरीको मह,आत्माराम शर्माको एक दिन,तेजप्रकाश श्रेष्ठको आतङ्कै आतङ्कजस्ता कथाहरूले राज्य आतङ्ककको नृशंस प्रबृत्तिलाई देखाएका छन् ।
–डा.ऋषिराज बराल,यथार्थको गतिशील पक्ष ः सौन्दर्यबोध र सिर्जना,        (उपशीर्षक)–आलोचनात्मक यथार्थवादी दृष्टिकोण,कलम त्रैमासिक,वर्ष ९,अङ्क १,पूर्णङ्क २८,मंसिर–माघ २०५७ पृष्ठ २५ ।
ड्ड ...२०१७ साल पछि कथा साहित्यका क्षेत्रमा थुप्रा प्रतिभा देखा परे र तिन्ले दिएका योगदानका आधारमा त्यो क्षत्र अत्यन्त समृद्ध बन्न पुगेको देख्न पाइन्छ । ...२००७ सालको प्रत्यक्ष प्रभाव बेहोरेर ....लेख्ने कथाकारहरूको नाउँ यस प्रकारले प्रस्तुत गर्न सकिन्छ ः रमेश विकल,परशु प्रधान,शैलेन्द्र साकार,भाउपन्थी,ध्रुवचन्द्र गौतम,खगेन्द्र सङ्ग्रौला, मनु ब्राजाकी,मोहनराज शर्मा,सात रेग्मी,सन्तोष भट्टराई,सीता पाण्डे,ऋषिराज बराल,विजय वजिमय,विजय चालिसे,...आदि । यी कथाकारले कथाको माध्यमबाट आस्थाको लडाइँ लड्ने काम मात्र गरेनन्.....२००७ सालको सांस्कृतिक धरोहरलाई रक्षा  गर्ने र ...पछि परेको देखिँदैनन् ।
–गणेशबहादुर प्रसाइँ,२००७ सालको क्रान्ति र नेपाली साहित्यमा त्यसको प्रभाव,समकालीन साहित्य–४०,वर्ष ११,अङ्क २,नेराप्रप्र,माघ–फागुन–चैत२०५७ ।
ड्ड ....यति भएर पनि गौरवको कुरा के छ भने आजसम्मको इतिहासको अन्य कथा धाराहरूमा क्रमशः तेजहीन हुँदै समयसँग लीन भइसके, तर यो (प्रगतिवाद) भने अद्यापि रहरलाग्दो जीवन बाँचि रहेको छ ।...यस धाराको विस्तारस्वरुप २०२०को दशकदेखि खगेन्द्र सङ्ग्रौला,राजव,हरिहर खनाल,ऋषिराज बराल,इस्माली,विजय चालिसे,नारायण ढकाल,आदिले स्तरीय कथाहरू लेख्दै आएका छन् ।
–डा.प्रा.दयाराम श्रेष्ठ,नेपाली कथा भाग ४,त्रिवि मानविकी तथा सामाजिक शास्त्र अध्ययन संकाय अन्तर्गत स्नातकोत्तर तहका लागि निर्धारित पाठ्यक्रम,साझा प्रकाशन,पृष्ठ २९ ।
ड्ड लोक साहित्यको क्षेत्रमा धेरथोर योगदान दिने व्यक्तिहरूमा....विजय चालिसे(२००८)....लगायतका लेखकहरूले नेपाली लोक तथा बालसाहित्य र सांस्कृतिक जीवनसँग सम्बन्धित लोकसंस्कारगत मूल्यहरूको प्रतिष्ठा प्रदान गर्न पन प्रयत्न गरेका छन् ।
–राजेन्द्र सुवेदी,नेपाली समालोचनाको पछिल्लो चरण ः लोकसाहित्यको शोधखोजपरक समालोचना,दीपशिखा,ोटेश्वर बहुमुखी क्याम्पस,वर्ष १२ अङ्क ६,पूर्णङ्क ६,बसन्तपञ्चमी २०५८,पृष्ठ २ ।
ड्ड त्यस्तै विजय चालिसे(२००८) को डोटेली लोकसंस्कृति र साहित्य(२०३९) लोक संस्कृतिको अध्ययन क्षेत्रमा व्यापक भूमिका खेलेको छ । यस्तै गैह्र समीक्षात्मक अन्य साहित्यिक र पत्रकारिता सम्बन्धी कृतिमा चालिसेको कलम जुटेको छ ।
–राजेन्द्र सुबेदी,दीपशिखा पृष्ठ १७ ।
ड्ड जिय चालिसे औलामा गन्न सकिने नियात्राकारमध्ये एक भन्ने उन्नयन २०५८माभ–चैत अङ्कको नियात्रासम्बन्धी लेखमा उल्लेख

ड्ड छयालीसोत्तर वा छैटौं दशकको आधुनिक नेपाली निबन्ध विधामा.....विजय चालिसे ....आदिको प्रयकश विशिष्ट रहेको छ ।
–रमेश गोर्खाली, ’बाग्मतीको हरक’मा प्रत्यक्षवादी जिजीविषाको परिदृश्य, गरिमा,बैशाख २०५९,वर्ष २०अङ्क ५ पूर्णङ्क २३३,पृष्ठ ४४ ।

ड्ड विजय चालिसेको एउटा निर्दोष प्रश्नले वर्तमान नेपालमा विद्यमान् अशान्ति र अन्धकारलाई जनाउँछ । रक्षक र भक्षक छुट्टिन गाहारो छ यहाँ ।अशान्तिसँगै असुरक्षा छ । जनजीवन भयग्रस्त छ,अन्यौलग्रस्त छ । यहाँ निर्दोषहरू त्यसै त्यसै आफैं समाप्त हुनसक्ने सङ्केत हो यो । अन्याय अत्याचारले सभ्यता ढाकिने कथा हो,तर यो विश्वव्यापि व्यथा हो । हतियारको उत्पादनले बनाएको घाउ हो । आजमको मानव जातिको एउटा पाटो यन्त्र झैं संवेदनाशून्य छ । यसको औषधि छैन र यो थिम श्रीलङ्ककाको उचित थियो,अफगानिस्तानको लागि उचित थियो,विश्वको अन्य भागको लागि थियो । तर अपसोच गौतम बुद्धको आफ्नै देशमा पनि उचित भइदियो । रचनाकारले यो थिम पक्रनै पर्छ ।
–डा.गोन्दि भट्टराई,उत्तरआधुनिकतावादको सन्दर्भमा नेपाली आख्यान; समकालीन साहित्य,नेपाली कथा–समालोचना विशेषाङ्क–१,वर्ष १२ अङ्क ३ पूर्णङ्क ४५,बैशाख–जेठ–असार २०५९ ।
ड्ड कतिपय अघिल्लो चरणदेखि नै केृही यसै चरणमा आएर श्रस्थापित भएका (यथार्थवादी धाराका)उपरोक्त नामहरूका अतिरक्ति खगेन्द्र संग्रौला,ध्रुव सापकोटा,कुमार ज्ञवाली,हरिह।र खनाल,एस्माली,नारायण ढकालविजय चालिसे,राजव.............सम्म आइपुग्दाका थुप्रै कथाकारहरूले यथार्थकै विविध रुपलाई विभिन्न्नप्रकारले प्रयोग गरी नेपाली कथालाई उत्तरोत्तर समृद्ध तुल्याउँदै लगेका छन् ।
–मधुसुदन गिरी,स्वैरकल्पना र नेपाली कथा(परम्परामा यसको प्रयोग; समकालीन साहित्य,नेपाली कथा–समालोचना विशेषाङ्क–१,वर्ष १२ अङ्क ३ पूर्णङ्क ४५,बैशाख–जेठ–असार २०५९ ।
ड्ड व्यङ्ग्यात्मकता ः आफूभित्रको शक्तिलाई आफैंभित्र खाँदेर विकृति प्रदर्शन गर्ने प्रयोगवादी कथाका तुलनामा हरेक किसिमका विकृति,विसङ्गति,अन्याय,भेदभावप्रति तीक्ष्ण आलोचनात्मक दृटि राखेर गहिरो चिन्ता प्रकट गर्न र त्यसका कारक राजनीतिक–सामाजिक सन्दर्भप्रति बठोर व्यङ्ग्य गर्नु यस चरण(जनआन्दोलन पूर्व २०३६–४६) का कथाको मूल प्रबृत्ति हो । जीवनमा व्याप्त असामञ्जस्य,असन्तुलन र विषमताको धज्जी उडाउने यस किसिमकम कथाहरूले यथाथ्का प्रति आफ्नो असहमति देखाएका छन् । शासकहरूको अकर्मण्यता,शहरी सभ्यताले भित्र्याएका प्रदूषणाहरू,छिमेकी देशबाट पाएको अविश्वास र घात–प्रतिघात,मान्छेका प्रवञ्चना आदिप्रति गरिएका व्यङ्ग्यका कथामा संव्दना र सम्प्रेषणको मिठास पन अत्यधिक रहेको छ ।......मनुब्रजाकी,मोहनराज शर्मा,विजय चालिसे विनयकुमार कसजु,हरिहर खनाल,इस्माली,सन्तोष भट्टराई,राजव,नारायण ढकाल आदिले व्इङ्ग्यलाई कलात्मकताका साथ प्रस्तुत गरेका छन् ।


 

No comments:

Post a Comment