कथा–२
माओवादी द्वन्द्वमा मारिएका शहिदपरिवारको कथा
“आमा....आमा....”सानी सविता दौडँदै आएर मीिनालाई गम्लङ्ग अँगाmलो हाली ।
उसको अँगालो हाल्दा हल्लिएर छोरीको फाटेको फ्रक टालोहाल्दै गरेकी मीनाको हात सियोले घोच्यो –वर्तमानलेजस्तै चस्स !
“ल...खा....” त्यही पीडाबोधमा मीनाको हात चड्कन बनेर निर्दोष छोरीको बज्रियो । कलिलो गालामा अबीरजस्तै रातो फैलियो छोरीको र सँगसँगै कोठाभरियो चर्को रुवाइले । छोरीको रुवाइसँगै पश्चातापको अर्के पीडाले प्रहार ग¥यो आफैंलाई, “म पनि विनासित्ती रिस पोख्छु कहिलेकाहीँ यो निर्दोषमाथि ! के पो भन्न आइथी कुन्नि ?”
ममत्व पग्लियो, सियो घोचाइ सानो घाउबाट बगेको एक थोपा रगतजस्तै बगेर हलुको भयो आँखाबाट बगेको आँसुसँगै !
“नरोऊ, छोरी नरोऊ....! हेर त तिमीले त्यसरी अकस्मात समात्दा सियोले घोचेर घाउ नै भयो नित आमालाई ! त्यसै भएर पो....।” त्यसभन्दा बढी शब्दै निस्किएन आमाको कलिलो मन पग्लिएर उसको मुखबाट । बरु छोरीलाई आफूतिर तानी र काखम सुताएर आँसु पुछिदिँदै शिर सुम्सुम्याउन थाली मीना ।
यही एउटै त हो उसको निशानी ! यसले जन्म लिनुभन्दा दुई महिना अगि नै त हो, एकडेढ महिनामैं पर्कन्छु भनेर लागेका उनी, कहिल्यै फर्केर आएनन् यसलाई हेर्न !
(माओवादी सशस्त्र युद्ध र त्यसको लडाकू उसको लोग्ने कुनै युद्धमा मारिएको प्mयासव्या दिएपछि)
“आमा, हामी कहिले जाने बजार ? पल्ला भरे सविता दशैं आइसक्यो भन्थ?। कति राम्रा राम्र लुगा विनाको, आमाँसग बजार गएर किनेकी रे !”
त, यसरी लोग्ने नयाँ नेपालको निर्माण गर्ने ससपना बोकेर युद्धमा क्रान्तिकारी सहिद बनेको थियो यो छोरीको अनुहारसमेत देख्न नपाई । एक डेढ महिनामा आउने वाचा गरेर, गएको त्यो वाचासमेत बिर्सियो उसले । घरको आर्थिक अवस्था राम्रो थिएन । सुक
म्वासी पार्टी सरकारमा गएपछि आशा पलाएको थियो, कमसेकम अब त सरकारले उसको खोजी गर्ला, पत्ता लाउला !
अनि सहिद परिवारलाई त सरकार, त्यसमाथि पनि आफ्नै क्रान्तिकारी सरकारले हेर्ला भन्ने लागेको थियो ।
सूर्य पराजित सिािहीँजस्तै लुक्दै लुक्दै हिँडरहेका छन् । गर्मीको दिन भएपनि वर्ष सुरुहुने बेला भएकाले बेलाबेलामा मेघ गर्जिएर आफ्नो उपस्थितिको घोषणा गरिरहेको छ । धरतीको माटो सुकेर ठाउँ ठाउँमा चिरच परेको छ । जहाँ धान–गहुँ लहलह झलिरहन्थे, माटाका सुखा डला फैलिएका छन् । हिजोका हरिण घाँसपात सुकेर खैराकाला पत्करमा रण्(ात भएका छन् । हरियो मुस्किलैले देखिन्छ, यदाकदा अन्तरकुन्तरमा !
रुखका सुकेका हाँगा–पात बीचमा साना साना पङ्क्षी गुँड बनाएर बसेका छन् । आफ्ना नरम नरम पखेटामा चुच्चो लुकाएर उनीहरू वर्षतको दिनको प्रतीक्षामा छन् जतिबेला सबैतिर हरियाली हुन्छ , बोटबिरुवामा लटरम्म फलपूmल लाग्छन् । कीराफट्याङग्रा उडिरहन्छन यताउता र उनीहरू सजिलै आहार समाउन सक्छन् ।
“कमरेड....म सहिद....की पत्नी ! के हुँदैछ हाम्रँ जीवकिाकालागि ? कमसेकम सानो जागिर मात्रै पाए पनि .....” एकपल्ट आफ्नै नेता कमरेड मन्त्री बनेर आउँदा दुःख बिसाएकी थिई उसले !
No comments:
Post a Comment